अफगानिस्तानबाट चार महिनामा १० लाखभन्दा बढी बाहिरिए
रासस / एएनआई
माघ २३, २०७८ आइतवार
पछिल्लो चार महिनामा १० लाखभन्दा बढी अफगानिस्तानीले देश छाडेको स्थानीय मिडियाले न्युयोर्क टाइम्सलाई उद्धृत गर्दै उल्लेख गरेको छ ।
टोलो न्युजका अनुसार अधिकांश आप्रवासीहरू सीमा क्षेत्र पार गरेर इरान र पाकिस्तान पुगेका छन् । एक निजी यातायात उद्योगका प्रमुखले दैनिक चार हजार मानिस इरान जाने गरेको बताएका छन् ।