भारतमा एक लाख ४९ हजारभन्दा बढी सङ्क्रमित, मृतकको सङ्ख्या पाँच लाख नाघ्यो
रासस / एएनआई
माघ २१, २०७८ शुक्रबार
भारतमा गत २४ घण्टामा कोरोना भाइरसबाट थप एक लाख ४९ हजार ३९४ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधिमा थप एक हजार ७२ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको सङ्ख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार भारतमा कोरोनाका कारण ज्यान...