युरोपमा कोरोना सङ्क्रमणको दोस्रो तरङ्ग !
गोरखापत्र अनलाइन ,
भाद्र ५, २०७७ शुक्रबार
बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ ।
फ्रान्समा बुधबार चौबीस घण्टामा मात्रै चार हजार ७७१ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । स्पेन, जर्मनी र इटालीमा पनि गत् अप्रिल र मई महिनापछिको सबैभन्दा बढी सङ्क्रमित फेला परेको छ । स्पेनमा पछिल्लो समय सङ्क्रमणको पुष्टि भएकोमा अधिकांश युवा उमेर समूहका छन् ।