बुद्ध लुम्बिनीमा जन्मनु भएको थियाे जुन नेपालमा पर्छ : भारत
गोरखापत्र अनलाइन ,
श्रावण २५, २०७७ आईतवार
भारत सरकारले गौतम बुद्धका बारेमा भएको गलत टिप्पणी सच्याएको छ । नेपालमा जन्मिएको बुद्धका बारेमा अनर्गल बोलिएको भन्दै नेपाल लगायत बौद्ध धर्मावलम्बीले समेत विरोध जनाए लगत्तै भारतले आफ्नो टिप्पणी सच्याएको हो । भारतका विदेश मन्त्री एस जयशंकरले शनिबार एक भर्चुअल कार्यक्रममा दिनुभएको गलत टिप्पणीलाई सरकारका तर्फबाट भारतीय विदेश मन्त्रालयले सच्याउनु परेको हो ।