अफगानिस्तानमा कार बम आक्रमणमा १७ जनाको मृत्यु, ३० घाइते
गोरखापत्र अनलाइन ,
श्रावण १६, २०७७ शुक्रबार
अफगानिस्तानको लागोर प्रान्तमा रहेको पाउल ए सिटी सहरमा भएको कारबम हमलामा परी १७ जनाको ज्यान गएको छ । उक्त सहरमा सरकारी सेवा लिनका लागि लाम लागेर बसेका सर्वसाधारणलाई लक्ष्यगरी कारबम आक्रमण भएको बताइएको छ । बिहीबार सो हमला भएको समाचारमा जनाइएको छ ।