पाकिस्तानले रकेट प्रहार गरेको अफगान सेनाको भनाइ
रासस / एएनआई
श्रावण १७, २०७७ शनिबार
सो रकेटले लागेर दक्षिणी अफगानिस्तानका कम्तीमा पनि १५ जना नागरिकको ज्यान गएको छ । सो आक्रमणका क्रममा अरु कम्तीमा पनि ७० जना सर्वसाधारण पनि घाइते भएका र घाइते मध्ये कैयौको अवस्था गम्भीर भएकाले मृतक संख्या बढ्न सक्ने पनि अनुमान गरिएको छ ।