ब्राजिलमा कोभिड-१९ बाट ९० हजार बढीको मृत्यु
रासस / एएफपी
श्रावण १५, २०७७ बिहीबार
ब्राजिलमा २४ घन्टा यता मात्र करिब ६९ हजार जनामा कोरोना भाइरसको सङ्क्रमणको पुष्टि भएको छ।गएको २४ घन्टामा ब्राजिलमा एक हजार ५९५ जनाको कोरोना भाइरसका कारण निधन भएको छ । योसँगै ब्राजिलमा अब कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ९० हजार नाघेको छ । ब्राजिलमा योसँगै सङ्क्रमणबाट मृत्यु हुनेको संख्या ९० हजार १३४ पुगेको छ।