चीनको छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास सधैँका लागि बन्द
गोरखापत्र अनलाइन ,
श्रावण १२, २०७७ सोमबार
दक्षिण पश्चिम सिचुआन प्रान्तको राजधानीसमेत रहेको चिनियाँ शहर छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावास अमेरिकाका लागि चीन हेर्ने महत्वपूर्ण स्थल मानिदै आएको छ । अमेरिकाका तात्कालीन उपराष्ट्रपति जर्ज डब्ल्यु बुशले सन् १९८५ मा छङ्दुस्थित अमेरिकी वाणिज्य दूतावासको उद्घाटन गर्नुभएको थियो ।
चीनस्थित अमेरिकी मिशनले ट्वीटरमा एक भिडियो साझा गर्दै लेखेको छ, “आज हामीले छङ्दुस्थित महावाणिज्य दूतलाई विदाई गर्यौं, हामीले सबैलाई...