logo
२०८० चैत्र १६ शुक्रवार



स्वीडेनका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट सङ्क्रमित

अन्तर्राष्ट्रिय |


स्वीडेनका प्रधानमन्त्री पनि कोरोनाभाइरसबाट सङ्क्रमित


स्टकहोम, पुस ३० गते । स्वीडेनका प्रधानमन्त्री माग्डालेना अन्डेर्सोनलाई पनि कोरोनाभाइरसको सङ्क्रमण भएको छ । “द्रुत परीक्षण गर्दा प्रधानमन्त्री कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको पुष्टि भएको छ,” उहाँका सञ्चार सचिवद्वारा जारी वक्तव्यमा लेखिएको छ ।

पार्टीका नेताहरुसँगको बैठकपछि उहाँलाई सङ्क्रमण भएको पुष्टि भएको अधिकारीहरूले जानकारी दिएका छन् । सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ अहिले सेल्फ आइसोलेसनमा रहनु भएको र उहाँले आइसोलेसनबाटै गर्न मिल्ने कामहरू भने गरिरहने पनि वक्तव्यमा उल्लेख छ ।

सञ्चार सचिव जोन एक्स्ट्रोमले प्रधानमन्त्रीको अवस्था सामान्य नै रहेको र आवश्यक स्वास्थ्य उपचार भइरहेको जानकारी पनि दिनुभयो । स्विडेनमा पछिल्लो समय कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित हुनेहरुको सङ्ख्या तिव्र रुपमा बढ्दै गएको छ ।

सरकारी अधिकारीहरुका अनुसार बिहीबार मात्रै थप २२ हजार ५६४ जना नयाँ सङ्क्रमित थपिएका छन्। महामारी बढ्दै गएकाले कतिपय गतिविधिहरु गर्न प्रतिवन्ध पनि लगाइएको छ । बार तथा रेष्टुरेन्ट बन्द गराउने, ५०० जनाभन्दा बढी मानिसको भीडभाड हुने कार्यक्रम गर्न नपाइनेलगायतका नियम लागू गरिएको छ ।

समयमै उच्च सतर्कता नअपनाइएमा अवस्था भयावह हुनसक्ने स्वास्थ्य अधिकारीहरुले चेतावनी दिएका छन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?