नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्नुपर्छः भारतीय रक्षामन्त्री
गोरखापत्र अनलाइन ,
असार १, २०७७ सोमबार
भारतका रक्षामन्त्री राजनाथ सिंहले नेपालसँगको सीमा विवाद वार्ताको माध्यमबाट हल गर्ने बताउनुभएको छ । उत्तराखण्डमा आयोजित जनसम्वादमा सोमबार बोल्दै उनले मैत्रीपूर्ण ढङ्गबाट समाधान गर्ने बताउनुभएको हो । “नेपालसँग हाम्रो केबल सामाजिक, भौगोलिक, ऐतिहासिक र सांस्कृतिक सम्बन्ध मात्र हैन आध्यात्मिक सम्बन्ध पनि छ । भारत नेपालबीच सीमाको विषयमा जुन भ्रमको स्थिति बनेको छ, एक आपसमा मिलेर बसेर बातचितको माध्यमबाट समस्याको हल...