logo
२०८१ जेष्ठ ५ शनिवार



भारतमा सङ्क्रमित हुने तीन लाख ३२ हजारभन्दा बढी

अन्तर्राष्ट्रिय |


भारतमा सङ्क्रमित हुने तीन लाख ३२ हजारभन्दा बढी


नयाँ दिल्ली
असार १ गते । भारतमा एकै दिनमा ११ हजार ५०२ जना कोरोना भाइरस सङ्क्रमित भएका छन् । यद्यपी शनिबारको तुलनमा भारतमा सङ्क्रमितको सङ्ख्यामा केही कमि आएको पाइएको छ । शनिबार एक दिनमा ११ हजार ९२९ जनामा कोरोनमा भाइरस सङ्क्रमण देखिएको थियो भने आइतबार ११ हजार ५०० जनामा सङ्क्रमण देखिएको बताइएको छ ।

केन्द्रिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सोमबार बिहानसम्ममा एकैदिनमा ११ हजार ५०२ जना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३२५ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरूको सङ्ख्या नाै हजार ५२० पुगेको छ ।

भारतमा कोरोनाभाइरसबाट सङ्क्रमितहरूको कुल सङ्ख्या अहिले ३ लाख ३२ हजार ४२४ पुगेको छ । कुल सङ्क्रमित मध्ये १ लाख ५४ हजार १०६ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने एक लाख ६९ हजार ७९८ जना सङ्क्रमण मुक्त भएका छन् ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा सङ्क्रमित रहेका छन् । महाराष्ट्र प्रदेशमा एक लाख सात हजार ९५८ जना सङ्क्रमित भएका छन् । महाराष्ट्रमा ५३ हजार ३० जना सङ्क्रमित अवस्थामा नै रहेका छन् भने ५० हजार ९७८ जना उपचारपछि घर फर्किएका छन् । महाराष्ट्र कोरोना भाइरसको सङ्क्रमणको कारण ३ हजार ९५० जनाको मृत्यु भएको छ ।

कोरोना भाइरस सङ्क्रमणको कारण दोस्रो स्थानमा रहेको तमिलनाडु प्रदेशमा ४४ हजार ६६१ जना र तेस्रो धेरै सङ्क्रमण रहेको दिल्ली प्रदेशमा ४१ हजार १८२ जना सङ्क्रमित रहेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?