भारतमा पाँच दिनमा ५० हजार सङ्क्रमित, महाराष्ट्रमा चीनभन्दा बढी सङ्क्रमित
गोरखापत्र अनलाइन ,
जेष्ठ २६, २०७७ सोमबार
महाराष्ट्रमा आइतबारसम्म ८५ हजार ९७५ जनामा कोरोनाभाइरसको सङ्क्रमणको पुष्टि भएको छ । चीनमा सङ्क्रमित हुनेको सङ्ख्या ८४ हजार १९१ दर्ता गरिएको थियो ।भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ५० हजारभन्दा बढी रहेको छ । लगातार पाँचौँ दिन करिब दश हजार नयाँ सङ्क्रमित थपिएका छन् । महाराष्ट्र विश्वकै सबैभन्दा बढी जनघनत्व भएको शहरमध्ये पर्छ ।