जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकामा जनजीवन बिस्तारै सामान्य
रासस / एपी
जेष्ठ ५, २०७७ सोमबार
जापानको प्रधानमन्त्री कार्यालयले सोमबार मुलुकको यथार्थ कूल गार्हस्थ उत्पादन (जिडिपी) ३.४ प्रतिशत रहने पूर्वानुमान गरेको छ । कार्यालयले आगामी दिनमा जिडिपी अरु न्यून हुने जनाएको छ । जापानको व्यापार चीन र संयुक्तराज्य अमेरिकामाथि बढी नै निर्भर भएकाले पनि अर्थतन्त्र खुम्चिएको हो ।