logo
२०८१ बैशाख ८ शनिवार



क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त

अन्तर्राष्ट्रिय |


क्यानाडाको सैनिक विमान दुर्घटनाग्रस्त


ओट्टावा, जेठ ५ गते । क्यानाडेली वायुसेनाको एउटा लडाकू विमान आइतबार ब्रिटिस कोलम्बियाको कामलूप्स विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको छ । दुर्घटनाबाट एक पाइलटको मृत्यु भएको छ भने अर्का एक घाइते भएका छन् ।
सिबिसी टेलिभिजनका अनुसार आकाशमा एक्रोब्याट्स प्रदर्शन गर्नेक्रममा उक्त विमान दुर्घटनाग्रस्त भएको हो । विमानमा सवार अर्का घाइते पाइलटको उपचार भइरहेको छ ।
प्रत्यक्षदर्शीले लडाकू विमान विमानस्थलबाट उडेको केही छिनमै आवासीय क्षेत्रमा खसेको बताएका छन् । क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले घटनाबाट आफू दुःखी भएको बताउनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?