logo
२०८१ बैशाख १५ शनिवार



इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत

अन्तर्राष्ट्रिय |


इजरायली संसदबाट नयाँ सरकारलाई विश्वासको मत


तेल अविव, जेठ ५ गते। इजरायली संसद (नेसेट) ले प्रधामन्त्री बेन्जामिन नेतन्याहू र मुख्य विपक्षी नेता बेन्नी गान्जको एकताको नवगठित सरकारलाई आइतबार समर्थन गरेको छ । विश्वासको मत प्राप्त गर्न नेसेटमा भएको मतदानमा नवगठित सरकारको पक्षमा ७३ मत प्राप्त भएको थियो । विपक्षमा ४६ मत परेको थियो ।
इजरायलकै इतिहासमा कुनै दल वा गठबन्धनले बहुमत ल्याउन नसक्दा एक वर्षभित्रै तेस्रो पटक संसदका लागि आमनिर्वाचन भएको थियो । सरकार गठनमा यसपटक पनि समस्या देखिएपछि प्रधानमन्त्री नेतन्याहू र उहाँका प्रतिद्वन्द्वी बेन्नी गान्जबिच सत्ता साझेदारीका विषयमा सहमति जुटेपछि नयाँ सरकार गठन भएको हो । सरकारले संसदबाट अनुमोदन प्राप्त गरेलगत्तै अब नयाँ मन्त्रिपरिषद् गठनका लागि बाटो खुलेको छ ।
नयाँ सम्झौताबमोजिम पहिलो १८ महिना वर्तमान प्रधानमन्त्री नेतन्याहू प्रधानमन्त्री पदमा रहनुहुनेछ भने त्यसपछि सन् २०२१ को नोभेम्बर १७ बाट बेन्नी गान्ज प्रधानमन्त्री बन्नुहुनेछ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?