logo
२०८१ बैशाख १४ शुक्रवार



भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ९६ हजार नाघ्यो

अन्तर्राष्ट्रिय |


भारतमा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या ९६ हजार नाघ्यो


नयाँ दिल्ली, जेठ ५ गते । भारतमा पछिल्लो २४ घण्टामा ५ हजार २४२ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन् । यससँगै भारतमा सोमबारसम्म कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ९६ हजार १९६ जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

भारतमा आइतबार एकै दिनमा १५७ कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ । त्यसपछि भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको सङ्ख्या ३ हजार २९ जना पुगेको छ । यस सङ्क्रमणबाट निको भएका बिरामीको सङ्ख्या ३६ हजार २९ जना रहेको पनि मन्त्रालयले जानकारी दिएको छ । भारतमा सोमबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५९ हजार ३४५ जना सङक्रमितहरू अस्पतालमा उपचार गराइरहेका छन् ।

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक सङ्क्रमित भएका छन् । यहाँ मात्र ३३ हजार ५३ नागरिक कोरोनाभाइरस सङ्क्रमित रहेका छन् । कोरोनाको सङ्क्रमणबाट महाराष्ट्रमा १ हजार १९८ जनाको मृत्यु भएको छ । महाराष्ट्रपछि गुजरात दोस्रो स्थानमा रहेको छ । त्यहाँ ११ हजार ३७९ जनामा कोरोनाभाइरसको सङ्क्रमित रहेका छन् । गुजरातपछि तमिलनाडूमा ११ हजार २२४ सङ्क्रमित रहेका छन् । दिल्लीमा कोरोनाभाइरसको सङ्क्रमितको सङ्ख्या १० हजार ५४ पुगेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?