साउदी अरबमा कोभिड–१९ का कारण बुधबारसम्म ११ भारतीयको मृत्युः राजदूतावास
गोरखापत्र अनलाइन ,
बैशाख १२, २०७७ शुक्रबार
साउदी अरबमा एघार भारतका एघार नागरिकको मृत्यु भएको साउदी अरबस्थित भारतीय राजदूतावासले जानकारी गराएको छ ।
“यही बुधबार ( अप्रिल २२ ) सम्म राजदूतावासलाई प्राप्त जानकारीमा साउदी अरबको मदिनामा चार, मक्कामा तीन, जेदामा दुई गरी ११ भारतीयको कोभिड–१९ को सङ्क्रमणका कारण मृत्यु भएको छ,” राजदूतावासद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ ।