डिभी निलम्बन गर्दै रोजगारीमा अमेरिकीलाई प्राथमिकता दिने राष्ट्रपति ट्रम्पको घोषणा
गोरखापत्र अनलाइन ,
बैशाख ११, २०७७ बिहीबार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डिभी चिठ्ठा (डाइभरसिफाइड भिसा)लाई निलम्बन गर्नुभएको छ । बिहीबार हाइट हाउसमा नियमित पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो ।
विश्वका विभिन्न मुलुकबाट अमेरिकामा स्थायी रुपमा बसोबासको लागि अमेरिकाले प्रत्येक वर्ष ५० हजारलाई अनलाइनमार्फत् डिभी चिठ्ठा वितरण गर्ने गरेको थियो ।
कोरोना भाइरस (कोभिड–१९)को महामारीसँगै सबैभन्दा बढी संक्रमण र मृत्यु भएको अमेरिकाले...