भारतमा ‘कोविड–१९’ संक्रमित संख्या १९ हजार ९००, मृत्यु ६४० नाघ्यो
रासस / एनआई
बैशाख १०, २०७७ बुधबार
गएको २४ घन्टायता भारतमा एक हजार ३८३ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका बुधबार बिहान जनाइएको छ ।
बुधबार बिहानको तथ्यांकअनुसार भारतमा ‘कोविड १९’ का संक्रमितहरूको संख्या १९ हजार ९८४ जना पुगेको यहाँँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।