इरानको आणविक भट्टीनजिकै भूकम्प
रासस / एएफपी
पुष २३, २०७६ बुधबार
इरानमा रहेको आणविक भट्टी नजिकै बुधबार ४.५ म्याग्नीच्युडको भूकम्प गएको छ ।
देशको खाडीमुलुक तर्फको बन्दरगाहनजिकै रहेको इरानको बशेर आणविक भट्टीदेखि ५० किलोमिटर दुरीमा पर्ने ठाउँमा भूकम्प गएको अमेरिकी भूगर्भ अधिकारीहरुले जनाएका छन् ।
स्थानीय समयानुसार विहान ६ बजेर ४९ मिनेट जाँदा भूकम्प गएको थियो । भूकम्प १० किलोमिटर गहिरो ठाउँबाट गएको थियो ।