logo
२०८१ मंसिर ६ बिहीवार



नेपाली हिमाल र संस्कृतिले कोरियाली तान्नसक्छ

अन्तरवार्ता |


नेपाली हिमाल र संस्कृतिले कोरियाली तान्नसक्छ


नेपालको विकास साझेदार दक्षिण कोरियाले विभिन्न क्षेत्रमा लगानी गर्दै आएको छ । त्यस्तै, नेपालको वैदेशिक रोजगारीको गन्तव्य मुलुक पनि हो । नेपाल–दक्षिण कोरिया सम्बन्धका विविध पक्षमा केन्द्रित भएर नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क योङ–सिक्सँग गोरखापत्रका गोपाल खनाल र श्रीओम श्रेष्ठले गर्नुभएको कुराकानीको सम्पादित अंश :


नेपाल–दक्षिण कोरिया सम्बन्धलाई कसरी हेर्नुभएको छ ?
नेपाल–कोरियाबीच कूटनीतिक सम्बन्ध सन् १९७४ मा भएको हो । सन् २०२४ मा पचासौँ वर्षगाँठ मनाउन गइरहेका छौँ । विगतमा दुई देशबीच मित्रवत् सम्बन्ध रह्यो । अब ५० वर्षका लागि सरकार–सरकार र व्यक्ति–व्यक्तिबीच सम्बन्ध विस्तार गर्नुपर्छ भन्ने म ठान्छु । निकट भविष्यमा नेपालले ‘सगरमाथा संवाद’ आयोजना गर्न गइरहेको छ । त्यसका लागि कोरियाबाट उच्चस्तरीय भ्रमण होस् भन्ने हामीले चाहेका छौँ । जुन महिनाको अन्त्यतिर कोरियामा पनि जलवायु परिवर्तनसम्बन्धी ठूलो कार्यक्रम आयोजना हुँदै छ । त्यतिबेला नेपालका राष्ट्रपतिज्यूलाई कोरियामा आमन्त्रण गरेका छौँ । राष्ट्रपतिज्यूको भ्रमणमार्फत दुई देशबीच उच्चस्तरीय भ्रमण हुन सक्ने आशामा पनि छौँ ।
जनवरी २०२० देखि नेपालले भ्रमण वर्षको महŒवपूर्ण कार्यक्रम सरु गर्दै छ । यसमा कोरियाली सरकारको सकारात्मक भूमिका रहने विश्वास दिलाउन चाहन्छु । कोरियाली जनता पनि एकपटक नेपाल भ्रमण गनुर््पर्छ भन्ने चाहन्छन् । त्यस्तै, दिगो विकासका लागि दुई देशबीच साझेदारी कार्यक्रम हुने हाम्रो चाहना छ ।

कोरियाली राष्ट्रपति मुन जे इन ट्रेकिङका लागि नेपाल आउनुभएको थियो । त्यसबेला भर्खर नेपालमा भूकम्प गएको थियो । उहाँ सामाजिक सेवामा पनि संलग्न रहनुभयो । यसलाई कसरी बुझ्न सकिन्छ ?
राष्ट्रपति मुनले ट्रेकिङका लागि नेपालमा दुईपटक भ्रमण गर्नुभएको छ । पछिल्लो ट्रेकिङ भ्रमणका बेला (सन् २०१६ मा) लाङटाङ जानुभएको थियो । त्यसबेला नेपालमा भर्खर भूकम्प गएकाले उहाँले उक्त क्षेत्रमा पुनःनिर्माणमा लाग्नुभयो । नुवाकोट जिल्लाका विद्यालयको पुनःनिर्माणमा उहाँ लागेपछि धेरै कोरियाली जनताले पनि पुनःनिर्माणमा सहयोग गरेका थिए । यसले दुई देशबीचको सम्बन्ध विस्तार गर्नुका साथै उच्चस्तरीय भ्रमण गर्नुपर्ने सन्देश प्रवाह गरेको छ ।
नेपाली कामदारका लागि कोरिया पनि एउटा गन्तव्य मुलुक भएको छ । नेपालीहरूको कामलाई कोरियाले कसरी मूल्याङ्कन गरेको छ ?
हामीले वार्षिक ५५ हजारदेखि ५८ हजारसम्म विदेशी कामदार भिœयाउने गरेका छौँ । वार्षिक छदेखि आठ हजारसम्म नेपाली कामदार कोरिया लग्ने गरेका छौँ । ईपीएस रोजगार प्रणालीमार्फत कामदार लिइरहेका छौँ । नेपाली कामदारलाई हाम्रा रोजगारदाताले मन पराएका छन् । नेपाली कामदार अनुशासित र इमानदार रहेको बुझाइ हाम्रो छ । कुनै पनि प्रणाली सतप्रतिशत सही हुँदैन । कमजोरी हुन्छन्, बिस्तारै कमजोरी कम गर्दै जानेमा हामी लागेका छौँ । नेपाल सरकारसँग पनि छलफल गरेर समस्या न्यूनीकरणको पहल पनि गरिरहेका छौँ । साँस्कृतिक तथा अन्य घरायसी समस्याले पनि कामदारमा समस्या आउन सक्ने हाम्रो बुझाइ छ । सन् २०१७ पश्चात् बैङ्किङ च्यानलमार्फत कामदारले नेपालमा रकम (रेमिट्यान्स) पठाउन पाएका छन् । यसले राम्रो सुविधा प्रवाह भएको हामीले बुझेका छौँ ।

इम्प्लोइमेन्ट परमिट सिष्टम (ईपीएस) मार्फत कोरिया जाने नेपाली कामदारमा आत्महत्याको तथ्याङ्क पनि अरू देशको तुलनामा बढेको देखिन्छ । यसको कारण के होला ?
सर्वप्रथम कोटाका बारेमा अवगत गराउँछु । रोजगारदाताको मागअनुसार हामीले कामदार लिने गरेका छौँ । अहिले वार्षिक आठ हजार नेपाली कामदार कोरिया जान्छन् र अरू देशका कामदारसँग पनि तिनले प्रतिस्पर्धा गर्नुपर्छ । आत्महत्या बढेको सत्य हो । जति धेरै कामदार जान्छन्, त्यति धेरै समस्या बढ्ने निश्चित हो । पारिवारिक समस्याका कारणले पनि आत्महत्या गरेको हाम्रो बुझाइ छ । आर्थिक समस्याले गर्दा पनि मानिस धेरै आत्महत्या गर्ने गर्छन् । यसको न्यूनीकरणका लागि हामीले प्रयास गरिरहेका छौँ ।

नेपाल भ्रमण वर्ष २०२० को लाई कसरी हेर्नुभएको छ ?
हाल कोरियाको अर्थतन्त्र मन्दी अवस्थामा छ । हामी अहिले सङ्ख्यात्मक रूपमा यति नै कोरियाली पर्यटक नेपालमा ल्याउनेछौँ भन्न सक्दैनौँ । तथापि, बढीभन्दा बढी कोरियालीलाई नेपाल जान उत्प्रेरित गर्छौं । भिजिट नेपाल २०२० को बारेमा विभिन्न कोरियाली मिडियाबाट प्रचार–प्रसारको काम गरिरहेका छौँ । हाम्रो आन्तरिक आर्थिक मन्दीका कारणले पनि धेरै सङ्ख्यामा पर्यटक नेपाल आउन सक्ने त देख्दैनौँ तर बढीभन्दा बढी ल्याउने प्रयास गर्छौं ।

बढीभन्दा बढी पर्यटक नेपाल ल्याउन नेपालले के–कस्ता पक्षमा सुधार गर्नुपर्छ भन्ने लाग्छ तपार्इंलाई ?
राम्रो प्रश्न । काठमाडौंमा चन्द्रागिरि केबलकारको राम्रो व्यवस्था छ । तर, यहाँ अर्को देशका पर्यटकका लागि एउटा र कोरियाली पर्यटकका लागि अर्को शुल्क राखिएको छ । यो विभेदजन्य शुल्क भयो, यसमा सुधार गर्नुपर्छ होला । आन्तरिक विमानस्थलबाट पनि बाहिर जाँदा भाडामा स्वदेशी र विदेशी शुल्क निर्धारण गरिएको छ । अन्य मुलुकमा भाडामा समानता छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्य ठाउँमा जाँदा पनि यात्रा त्यति सहज छैन । यहाँ जहाज अवतरण गर्दा धेरै समय आकाशमै घुम्नुपर्ने बाध्यता छ । नेपालमा इन्धनको मूल्य दोब्बर छ । शान्ति सुरक्षा राम्रो छ । यसले पर्यटकलाई सकारात्मक प्रभाव पार्छ । नेपालमा धेरै हिमाल र पहाड छन् । कोरियाली पर्यटकले यसलाई धेरै मन पराउँछन् । वार्षिक ३७ हजार कोरियालीले नेपालको भ्रमण गर्ने गरेका छन् । खासगरी हिमालयमा ट्रेकिङ गर्न र बुद्धको जन्मथलो लुम्बिनीमा कोरियाली बढी जान्छन् । नेपालको हावापानीको भविष्यवाणी गर्न नसकिने अवस्था छ । त्यसैले यहाँ हावापानी सतर्क प्रणालीको विकास गर्न सकेमा राम्रो हुन्छ ।

कोरियाली सरकारले नेपाललाई ओभरसिज (समुद्रपार) विकास सहयोग (ओडीए) को प्राथमिकता सूचीमा राखेको छ । यसले कुन स्तरको विकासमा योगदान पु¥याउने विश्वास गर्नुभएको छ ?
कोरिया इन्टरनेसनल कोअपरेसन एजेन्सी (कोइका) कोरियाका लागि ओडीएको कार्यान्वयन एजेन्सी हो । कोरियाले मुख्य तीन विषयमा केन्द्रित भएर काम गरिरहेको छ– स्वास्थ्य, ग्रामीण विकास र शिक्षा । यी तीनै क्षेत्र नेपालको विकास रणनीतिअनुसार नै छनोट गरिएका हुन् । सन् १९९१ देखि २०१८ सम्म जम्मा १४० दशमलव ७ मिलियन अमेरिकी डलर यसमा लगानी भएको छ । यो लगानी शिक्षामा २९ प्रतिशत, स्वास्थ्यमा २८ प्रतिशत र २० प्रतिशत प्रशासनिक क्षेत्रमा रहेको छ । कोइकाले यो लगानीलाई निरन्तरता दिने भनेको छ । कोइकाको १२ वटा आयोजना अहिले यहाँ सञ्चालनमा छन् । नुवाकोटमा प्राकृतिक प्रकोपको उद्धार, स्वास्थ्य सुधारमा पनि योजना सञ्चालनमा छ । त्यस्तै, ग्रामीण विकास, उद्धार केन्द्र भवन निर्माणको काम पनि भइरहेको छ ।
कोइकाको स्वयम्सेवक कार्यक्रम अर्को महŒवपूर्ण आयोजना हो । नेपालको ग्रामीण भेगमा यसको सकारात्मक प्रभाव परेको छ । सन् २०१९ मा कोइकाले ४६० जना स्वयम्सेवक ग्रामीण क्षेत्रमा परिचालन गरेको छ । खासगरी स्वास्थ्य र शिक्षा क्षेत्रका लागि स्वयम््सेवक केन्द्रित भएका छन् । यो अभियान निरन्तर रहनेछ ।

२१६ मेगावाट क्षमताको अपर त्रिशूली–१ जलविद्युत् आयोजना नेपालले कोरियाको सिधै विदेशी सहयोग (एफडीआई) मार्फत बनाइरहेको छ, यो आयोजनाको महŒव के छ ?
हामी माथिल्लो त्रिशूली १ आयोजना निर्माणमा सहमति गरेअनुसार नै काम गर्नेछौँ । अप्रिलबाट यसको काम सुरु गर्ने तयारीमा छौँ । यो निजी क्षेत्रबाट आर्थिक सहयोग प्रदान गरिएको आयोजना हो । कोरियाली निजी क्षेत्रबाट लगानी गरिएको यो आयोजना बन्छ कि बन्दैन भनेर धेरै विदेशी लगानीकर्ताले हेरिरहेका छन् । मलाई विश्वास छ, आयोजना सम्पन्न भएपछि नेपालले अरू विदेशी लगानीलाई पनि आकर्षित गर्नेछ । कोरियाली लगानीकर्ताहरू नेपालको जलविद्युत्, विकास निर्माण, जडीबुटी र सफ्टवयेरमा लगानी गर्ने तयारीमा छन् । नेपालको दिगो विकासका लागि एफडीआई सान्दर्भिक छ । नेपाल सरकारले निजी (विदेशी र स्वदेशी) लगानीलाई अझ महŒव दिएको छ । यो योजना राम्रोसँग सम्पन्न भएमा थप विदेशी लगानीकर्तालाई आकर्षित गर्न सकिन्छ ।

कोरियाले छोटो समयमा आफूलाई प्राविधिक र आर्थिक विकासमा अब्बल देखायो, यसबाट नेपालले के सिक्न सक्छ ?
विकासको मोडल हाम्रो अलि फरक छ । सरकारले वैदेशिक ऋण लिएर विकास निर्माण गरेको हो । हाम्रो अर्थतन्त्र घरेलु सामान निर्यात गरेर पनि बन्यो । अहिले विश्वमा सातौँ÷आठौँ आर्थिक मुलुकमा हामी पर्दछौँ । हामी म
मूलतः आफ्नो उत्पादित सामान निर्यात गरेर धेरैभन्दा धेरै अर्थ आर्जन गर्छौं । नेपालमा हर्बल सामान उत्पादनको ठूलो सम्भावना छ । यसमा जोड दिन सके नेपालको अर्थतन्त्र राम्रो हुन्थ्यो । त्यस्तै, कृषि क्षेत्रका लागि पनि नेपाल उर्वर छ । रेमिट्यान्स (विप्रेषण) मा नेपाल र कोरियाको समान छ । नेपालको कुल गार्हस्थ उत्पादनमा २९ प्रतिशत विप्रेषणको योगदान छ । त्यस्तै कोरियाको आर्थिक इतिहास पनि समुद्रपार कामदार पठाएर ठूलो हिस्सा रेमिट्यान्स भिœयाएको छ । सन् १९६६ देखि १९७९ सम्म कोरियाले ठूलो सङ्ख्यामा नर्सलाई जर्मनीमा रोजगारका लागि पठाएको थियो । सन् १९७० देखि १९८० सम्म कोरियाले करिब दुई मिलियन (दुई करोड) नागरिकलाई काम गर्न अर्को देशमा पठाएको थियो । नेपालमा रेमिट्यान्सको ठूलो हिस्सा उपभोग्य सामानमा खर्च हुन्छ । तर, कोरियाले आफ्ना बालबच्चाको शिक्षामा मात्र लगानी गरेन, ठूलो हिस्सा राष्ट्रिय आर्थिक विकासमा समेत लगानी ग¥यो ।

नेपालका लागि कोरियाली कुन कम्पनी बढी सान्दर्भिक हुन सक्छ ?
नेपालका रोजगारदाताले कस्तो कामदारको अपेक्षा गर्छन् र नेपाली शिक्षाले कस्तो जनशक्ति उत्पादन गरिरहेको छ, यसमा ध्यान दिनुपर्छ । यहाँ ठूलो मात्रामा प्राविधिक जनशक्तिको माग छ तर नेपाली कामदार धेरै सीपमा कमजोर छन् ।
त्यसैले, यहाँ प्रविधियुक्त दक्ष कामदार उत्पादन गर्ने कम्पनीको खाँचो छ । कोरियाले यसमा सहयोग गर्न सक्छ । नेपालमा दुईवटा कोरियाली भोकेसनल सेन्टरले काम गरिरहेको छ । कोरिया–नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी बुटवलमा छ । त्यस्तै, काठमाडौँ युनिभर्सिटी टेक्निकल ट्रेनिङ सेन्टर काठमाडौँमा छ । सीटीईभीटीमार्फत यहाँका कामदारलाई दक्ष बनाउनेगरी कम्पनीले सहकार्यमा काम गरिरहेको छ । कोरियाली सरकारले नेपालमा थप दुईवटा प्राविधिक विद्यालय खोल्नका लागि नेपाल सरकारसँग परामर्श अघि
बढाएको छ ।

नेपालले अन्य कुन क्षेत्रमा लगानी गर्दा तुलनात्मक फाइदा हुने देख्नुहुन्छ ?
यहाँ लजिस्टिकका लागि शुल्क एकदम बढी छ । कृषि उत्पादन र हर्बल मेडिसिनमै नेपालले लगानी बढाउनुपर्छ । त्यस्तै, नेपालले सूचना र सञ्चार प्रविधि (आईटीसी) मा पनि लगानी बढाउनुपर्छ । नेपालको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयसँग मिलेर यस विषयमा काम गर्न पनि हामीले परामर्श थालेका छौँ । नेपालीहरू अङ्ग्रेजी भाषामा पनि राम्रा छन् । सफ्टवयेर र अन्य आईसीटीसँग सम्बन्धित उत्पादनलाई अन्य देशमा निर्यात गर्न सक्छन् । सरकारले निजी क्षेत्रसँग मिलेर विकास निर्माण गर्नुपर्छ भन्ने मलाई लाग्छ । विदेशी लगानीमा पनि ५० लाखबाट एकैचोटि पाँच करोड नेपाल सरकारले सीमा कायम गरिदिएको छ । सानोतिनो लगानीकर्ता आउन नसक्ने भएका छन् । ठूला लगानीकर्ता प्रतिस्पर्धाभन्दा सहजै आउन चाहन्छन् ।

नेपालको कुन पक्षले कोरियाली पर्यटकलाई आकर्षित गर्ने गरेको छ ?
कोरियाको ७० प्रतिशत भू–भाग पहाडी छ । पहाड र जलाशयले पर्यटकलाई बढी प्रभावित गर्छ भन्ने हामीले बुझेका छौँ । कोरियाली नागरिक प्रकृतिसँग बढी रमाउँछन् । कन्फ्युसियसले भनेका छन्, “बुद्धिमानीहरू जलाशय रोज्छन् र कम ज्ञानीहरूले पहाड ।’ किन त्यस्तो भएको होला ? कोरियाली नागरिकका लागि हाइकिङ एउटा अध्ययन गर्ने अभियान हो । कोरियालीहरू जन्मदेखि नै पहाडलाई माया गर्छन् । हिमालय हेर्ने तिनीहरूका लागि सपना हो । जीवनमा एकपटक जसरी पनि हिमाल पुग्न चाहन्छन् । बिस्तारै कोरिया साँस्कृतिक विविधतामा रूपान्तरण भइरहेको छ । यहाँ विभिन्न जातीय समुदाय छन् । नेपाल पनि जातीय विविधताको मुलुक हो । नेपालको विविध साँस्कृतिक पक्षले कोरियाली पर्यटकलाई बढी आकर्षित गर्न सक्ने मैले देखेको छु ।

नेपालमा कोरियाली राजदूतका रूपमा करिब अढाई वर्ष काम गर्दा यहाँले कस्तो अनुभव गर्नुभयो ?
म खुसी छु, सामान्य नेपाली नागरिकले पनि कोरियाली खाना ‘विविम्बब’ र ‘किम्ची’ बनाउन सकेका छन्, जुन स्वादिष्ट खाना हो । यहाँका केवल सञ्चालकले कोरियन टेलिभिजन च्यानल आरिराङ र केबीएस प्रसारण गरिरहेका छन् । काठमाडौँ र पोखरामा धेरै सङ्ख्यामा कोरियन रेस्टुरेन्ट देखेको छु । नेपाली र कोरियन खाना तथा संस्कृतिको आदान–प्रदान गर्न सकिन्छ । नेपाली कामदार ईपीएसमार्फत काम गरेर घर फर्कंदा धेरैले कोरियाली खाना, संस्कृति र संस्कार सिकेर फर्किन्छन् । यसले संस्कृति आदान–प्रदानमा सहयोग पुग्ने म देख्छु । अर्को, नेपाल जातीय विविधताले भरिएको मुलुक हो । कोरियाभन्दा अलि ठूलो मुलुक पनि हो नेपाल । तर, जनसङ्ख्याको हिसाबले नेपाल सानो छ । यहाँ करिब तीन करोड जनसङ्ख्या छ भने कोरियामा पाँच करोड छ ।
नेपालको मौसममा विविधता छ । दुईदेखि चार घण्टाका फरकमा मौसम परिवर्तन पाउन सकिन्छ । त्यस्तै, ठाउँपिच्छे यहाँको संस्कृति फरक छ । यही संस्कृतिको विकास गर्न सक्ने हो भने यसले पर्यटक भिœयाउन थप टेवा पु¥याउनेछ ।

प्रस्तुति : लक्की चौधरी
तस्बिर : कविता थापा

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?