गण्डकी प्रदेशको एक महत्त्वपूर्ण नगरपालिका हो– पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका । समथर भूभाग र पहाडी भूभाग समेटिएको यस नगरपालिका पूर्वपश्चिम राजमार्गको मध्य भागमा पर्दछ । बागमती प्रदेशको व्यापारिक केन्द्र भरतपुरसँग जोडिएको यस नगरपालिका कृषि उत्पादन, पर्यटनका दृष्टिकोणले महìवपूर्ण नगरपालिका मानिन्छ । यसै सन्दर्भमा नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलसँग गोरखापत्र दैनिकका कावासोती समाचारदाता ज्ञानु पङ्गेनीले गर्नुभएको कुराकानी ः
स्थानीय तह गठन भएको तीन वर्षमा तपार्इंको नेतृत्वमा नगरपालिकाले सम्झनयोग्य के के काम ग¥यो ?
हामीले समृद्ध नगर निर्माणका लागि धेरै योजना बनाएका छौँ, तीमध्ये नगरपालिकाले गरेको महìवपूर्ण काम भनेको विद्युतीकरण हो । नगरको पहाडी एवं ग्रामीण क्षेत्रका विद्युत् नपुगेका ठाउँ अहिले उज्यालो भएका छन् । यो एउटा हाम्रो मुख्य उपलब्धि हो । हामी हाम्रो देशलाई कृषिप्रधान देश भन्छौँ तर कृषिबाटै धेरै मानिस आत्मनिर्भर र आकर्षित हुन सकेका थिएनन् । हामीले भूमिगत सिँचाइको काम ग¥यौँ, जसका कारण कृषिमा धेरैको आकर्षण बढेको छ । हामीले धान पकेट क्षेत्र, मकै पकेट क्षेत्र, पहाडी क्षेत्रमा बाख्रापालन पकेट क्षेत्र र फलफूल जोनका रूपमा अगाडि बढाउने काम ग¥यौँ, फलस्वरूप अहिले कागती र फलफूलका बिरुवाहरू हुर्किएका छन् । कृषि क्षेत्रमा नगरवासी व्यावसायिक रूपमै लागेका छन् । मलाई लाग्छ, समग्र रूपमा कृषि उपजमा सबैभन्दा धेरै हामीले सम्झनयोग्य काम ग¥यौँ ।
निर्वाचन अगाडि वाचा गरेका प्रतिबद्धताहरू कति पूरा भए ?
निर्वाचनका बेला हामीले मुख्य तीनवटा योजना अगाडि सारेका थियौँ । पहिलो ‘कालीगण्डकीको पानी गैँडाकोटको लगानी’ यो महìवाकाङ्क्षी योजना थियो । यो सङ्घीय सरकारले अगाडि बढाउनुपथ्र्यो तर धार्मिक पर्यटकीय क्षेत्र भएका कारण देवघाट क्षेत्र विकास समितिले धार्मिक क्षेत्रमा असर पर्ने हुँदा कालीगण्डकी नदीको डाइभर्सन गर्न हुँदैन भन्ने उठान गरेका कारण त्यो योजना अगाडि बढ्न सकेन । दोस्रो, मौलाकाली मन्दिरमा केबलकारको कुरा गरेका थियौँ । यो अहिले कोरोना सङ्क्रमणका कारण मात्रै रोकिएको छ । प्राविधिक क्षेत्रबाट यो अन्तिम चरणमा पुगेको छ । कोभिड प्रकोपको न्यूनीकरण सँगसँगै यसको कार्यक्रम अगाडि बढ्छ । तेस्रो, नारायणी नदीको तटीय क्षेत्रबाट वैकल्पिक राजमार्गका रूपमा अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा हामीले योजना तहमा कार्यक्रम अगाडि बढाएका थियौँ, त्यसलाई सरकारले महìव दिएको छ । पितौजीलाई नगर अस्पताल बनाउने योजना नेपाल सरकारको मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भइसकेकाले अब छिट्टै काम हुँदैछ ।
नगरपालिकाले ‘समृद्ध नगर’ निर्माणका लागि कस्ता दीर्घकालीन योजना अगाडि बढाएको छ ?
अहिले नगरपालिकामा आउने सेवाग्राहीले छिटोछरितो सेवा पाऊन् भन्ने उद्देश्यअनुसार कर्मचारीलाई निर्देशन गरिएको छ । नेपाल विश्वविद्यालय स्थापना गर्ने योजनासहित धेरैपटक छलफलसमेत भएको छ । सङ्घीय सरकारले स्वीकृत गरेपश्चात् हामीले विश्वविद्यालय स्थापना गर्नेछाँै । गैँडाकोट दूध पकेट क्षेत्रका रूपमा नेपालमै चिनिएको छ । धान, मकै र फलफूलको पकेट क्षेत्रका रूपमा यहाँ कृषिका काम भएका छन् । अब कृषि पर्यटनका रूपमा गैँडाकोटलाई चिनाउने योजनामा छाँै । एक सामुदायिक वन एक जलाधार क्षेत्र, एक वडा एक बाल उद्यान, नगरपालिकाका सबै छवटा स्वास्थ्य संस्थामा बर्थिङ सेन्टरको सुरुवात भएको छ । नगरभित्र पर्ने मणिमुकुन्दसेन दरबार र शिख्रौली कैलाश सन्न्यास आश्रमको पुरातìव विभागले उत्खननसहित निर्माण अगाडि बढाउने गरी बजेट विनियोजन गरेको छ । मौलाकाली मन्दिर र कैलाश सन्न्यास आश्रमलाई जोड्ने गरी करिडोर निर्माण गर्ने योजना नगरको छ ।
कोरोना रोकथाम, नियन्त्रण र उपचारमा नगरपालिकाले कस्ता काम गर्न सक्यो ?
विशेषगरी कोरोना सङ्क्रमण नियन्त्रणमा परामर्श महìवपूर्ण हो । हामी नगरवासीलाई स्वस्थ रहेमा र स्वास्थ्य सतर्कता अपनाएमा कोरोनालाई जित्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्न सफल भयौँ । जसको फलस्वरूप गैँडाकोटवासीले सामुदायिक तथा व्यक्तिगत सरसफाइमा ध्यान दिएका छन् । १५ शøयाको आइसोलेसन कक्ष स्थापना गर्ने काम अगाडि बढेको छ । होम आइसोलेसनमा रहेका सङ्क्रमितको नियमित निगरानी, सङ्क्रमितले पाउनुपर्ने स्वास्थ्य उपचार लगायतका कुरालाई प्राथमिकतमा राखेर काम गरिरहेका छौँ ।
समृद्ध नगर निर्माणमा सङ्घ, प्रदेश सरकारबाट कत्तिको साथ र सहयोग पाउनुभएको छ ?
अहिलेसम्म गैँडाकोटमा गौरवका ठूला आयोजना परेका छैनन् । तथापि अगामी दिनमा हामीले बनाउने योजनामा सङ्घ र प्रदेश सरकारको पूर्ण साथ हुनेछ भन्ने विश्वास लिएको छु । केही ठूला योजनाको डीपीआर तयार गरेर सङ्घ र प्रदेशमा पेस गर्ने तयारीमा छौँ ।
सुशासनका क्षेत्रमा के कस्ता कदम चाल्नुभएको छ ?
हामीले जुन योजना र कार्यक्रम अगाडि बढाएका छौँ, ती योजना र कार्यक्रम सुरुवात भइसकेपश्चात् ती सबैका बारेमा नागरिक समाजका बीचमा जानकारी गराउँछाँै । नागरिकलाई नगरका सबै योजना र कार्यक्रम के भइरहेको छ ? बजेट कति हो ? भन्नेबारे जानकारी गराउनुपर्छ भनेरै हामीले नागरिक समाजको बीचमा छलफल र अन्तरक्रिया गरेर जानकारी दिने गरेका छाँै । कार्यपालिकाको बैठक तथा विभिन्न अन्तरक्रियालाई भिडियोबाटै प्रत्यक्ष प्रसारण गर्ने गरेका छाँै । कार्यालयमा आएका सबैले के भइरहेको छ भन्नेबारेमा आफैँले हेर्न सक्नुहुन्छ ।
निकुञ्जबाट आउने जनावर र मानिसबीचको द्वन्द्व न्यूनीकरण गर्न के गर्नुभएको छ ?
मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रण गर्न प्रदेश सरकार र सङ्घीय सरकारसँग सबै क्षेत्रमा तारबार गर्नुपर्छ भनेर योजना पेस गरेका छौँ । १७ नम्बर वडाबाट मेसजाली निर्माणको काम सुरुवात पनि भएको छ । यो समस्या समाधान गर्नु सङ्घ र प्रदेश सकाररको दायित्व हो । मानव वन्यजन्तु द्वन्द्वका कारण धेरै जनधनको क्षति भएको छ । यसको दीर्घकालीन समाधानमा लाग्न आवश्यक छ ।
अन्त्यमा नगरपालिकामा कहिलेकाहीँ विवाद पनि हुने गरेको सुनिन्छ, खास कारण के होला ?
हामीले सङ्घीयतामा गइसकेको नेपालको संविधान–२०७२ लाई पालना गर्ने हो र स्थानीय सरकार सञ्चालन ऐन र त्यसै मातहत रहेका नीति, नियम र कार्यविधिलाई पालना गरेर आ–आफ्नो अधिकार क्षेत्र पालना गर्ने भएकाले मैले त्यही गरेको छु । तथापि स्थानीय तहमा सत्ता पक्ष र प्रतिपक्षको परिकल्पना गरेको छैन । बहुपक्षको पनि परिकल्पना गरेको छैन । विवाद गर्नुपर्ने म देख्दिनँ र विवाद गर्नुपर्छ भन्ने मान्यतामा पनि म छैन तर हाम्रोमा स्थानीय सरकारमा सत्ता पक्ष र प्रतिपक्ष छैन भन्ने कल्पना गर्दागर्दै बहुमत र अल्पमतका कुरा आउँदा विवाद हुने गरेका छन् । अर्काको अधिकार क्षेत्रमा हस्तक्षेप गर्न गएको खण्डमा विवाद हुन्छ, आ–आफ्नो अधिकार क्षेत्रमा रहेर काम गरेमा विवाद हुँदैन ।