logo
२०८१ मंसिर ६ बिहीवार



नेपाल–कतार सम्बन्ध लगानीसँग जोड्नुपर्छ

अन्तरवार्ता |


नेपाल–कतार सम्बन्ध लगानीसँग जोड्नुपर्छ


कतार सरकारले आप्रवासी श्रमिकलाई लक्षित गरेर पछिल्लो पटक श्रम कानुुनमा धेरै सुधार गरेको छ । गत शनिबारदेखि न्यूनतम पारिश्रमिक सेवा सुविधासहित एक हजार ८०० रियाल पु¥याएको छ । यसले कतारमा रहेका तीन लाखभन्दा बढी नेपाली श्रमिकले लाभ पाउने छन् । नेपाल–कतारको आर्थिक सम्बन्ध र यसका विभिन्न अवयवका विषयमा केन्द्रित भएर गोरखापत्रका नायब कार्यकारी सम्पादक केदार भट्टराई र समाचारदाता सीता शर्माले कतारका लागि नेपाली राजदूत नारदनाथ भारद्वाजसँग गर्नुभएको अन्तर्वार्ता प्रस्तुत छ ।

कतार र नेपालबीचको सम्बन्धलाई परिभाषित गर्दा के–केलाई आधार मान्नुहुन्छ ?
कतार र नेपालबीच सन् १९७७ देखि मैत्रीपूर्ण दौत्य सम्बन्ध स्थापित रहँदै आएको छ । लामो समयसम्म कतार र नेपालले अन्तर्राष्ट्रिय मामिलामा समान धारणा आदानप्रदान गर्दै आएका छन् । विशेषगरी मध्यपूर्वी देश प्यालेस्टाइनको स्वाधीनताको सङ्घर्षमा कतार र नेपालको समान धारणा रहिआएको छ । अन्य अन्तर्राष्ट्रिय मुद्दामा पनि निरन्तर एक अर्काबीच सहकार्य र सहयोग रहिआएकाले नेपाल र कतारको विशेष सम्बन्ध छ । पछिल्लो पटक नेपाल र कतारबीच असाध्यै कम वा सीमित आर्थिक क्रियाकलाप आदानप्रदान हुने गरेको छ । कतार र नेपालबीच आर्थिक सहकार्यको सम्भावना पनि छ ।

आर्थिक कूटनीति कसरी सञ्चालन हुँदैछ ?
नेपाल र कतारबीच अहिले सबैभन्दा गहन र तत्कालीन महŒवको विषय भनेको श्रम सम्बन्ध नै हो । नेपालका तीन लाख १२ हजारभन्दा बढी श्रमिक कतारका विभिन्न विकास निर्माण र अन्य उत्पादनमूलक संस्थामा कार्यरत छन् । त्यसैले कतार नेपालको विप्रेषणमार्फत पर्याप्त पुँजी प्राप्त गर्ने स्रोत मुलुकका रूपमा स्थापित छ । हाम्रा नेपाली श्रमिकले कतारको उत्पादनमूलक उद्योग, कृषि व्यापार र अन्य सेवाप्रदायक संस्थामा योगदान दिइरहेका छन् । त्यसैले कतारको आर्थिक प्रगति द्रुत गतिको अवस्थामा छ । नेपालका श्रमिकको योगदानलाई कतार सरकारले उच्च मूल्याङ्कन गरेको छ ।
अर्को कुरा नेपाल कृषिप्रधान देश भएकाले मध्यपूर्र्वका खाद्यान्न आयात गर्ने देशका निम्ति नै महŒवपूर्ण फुडबास्केट बन्ने सम्भावना राख्छ । हाम्रा महŒवपूर्ण कृषि उत्पादनका लागि कतार एउटा स्थायी बजार हुन सक्छ । नेपालको उत्पादनलाई कतारको बजारसम्म जोड्ने संयन्त्र बनाउन सके व्यापक वाणिज्य विस्तार हुने सम्भावना छ । कतार पानी पनि आयात गरेर खाने देश भएकाले हामीसँग भएको स्वच्छ पानी मापदण्ड पूरा गरेर निर्यात गर्ने राम्रो अवसर छ । खाद्यान्न दलहन तेलका कच्चा पदार्थलगायत अन्य वस्तुमा कतार कहिले पनि आत्मनिर्भर बन्ने अवस्था देखिँदैन । यीबाहेक कतारमा नेपालमा फल्ने फलफूल, खाद्यान्न र औषधीय गुण भएका वनस्पतिका लागि प्रशस्त बजार छ ।
सम्भावना त धेरै रहेको औँल्याउनुभयो तर किन हामीले युवा मात्रै पठाइरहेका छौँ त ?
श्रमका लागि युवा विदेश पठाउने कुरा रणनीति नभएर बेरोजगारीको तत्कालीन व्यवस्थापन मात्र हो । त्यसो त अधिकांश युवाले आफ्नो देशमा मेहनत गरेर आत्मनिर्भर बन्न सक्छाँै भन्ने आत्मविश्वास गुमाएका छन् । उनीहरूको गुमेको त्यो आत्मविश्वास दिलाउन जरुरी छ । विप्रेषणबाट हुने तात्कालिक फाइदामा रमाउँदा दीर्घकालीन रूपमा कैयौँ गुणा क्षति बेहोर्नुपर्छ । त्यसैले अब युवालाई विदेश पठाउन होइन । युवालाई स्वदेशमा उत्पादन गरेका वस्तु निर्यात, विदेशी लगानीमा आधारित उद्यमशीलता प्रयोग गर्नुपर्छ । कतार र नेपालको सुमधुर सम्बन्धलाई श्रमिक आपूर्तिको दृष्टिकोणले मात्र होइन, व्यावसायिक आदानप्रदान, निर्यात व्यापार, विदेशी लगानी प्रवद्र्धन तथा अन्य उद्यमशीलताको विकासमा हामीले प्रयोग गर्नुपर्छ ।

कतारका लगानीकर्ता नेपालमा लगानी ल्याउन इच्छुुक छन् कि छैन त ?
उनीहरू नेपालमा लगानी गर्न चाहन्छन् । हामीले उनीहरूलाई दुुई÷तीनवटा कुरामा आश्वस्त बनाउन सकेका छैनौँ । पहिलो उनीहरू हाम्रो राजनीतिक अस्थिरताले त्रसित हुन्छन् । दोस्रो कुरा उनीहरूलाई नेपाल धर्म, सांस्कृतिका हिसाबमा कतारभन्दा फरक भए पनि लगानी गरेर सुरक्षित हुन्छ भन्नेमा ढुक्क पार्न सकेका छैनौँ । कतारी लगानीकर्तामा नेपालमा लगानी गरेपछि निस्कन पाइँदैन भन्ने नकारात्मक प्रभाव परेको छ । त्यसमा सत्यता छैन भनेर हामीले प्रमाणित गर्न सक्नुुपर्छ । कतारी नागरिकले विश्वका ठूला सहरमा अर्बौं लगानी गरेका छन् । उनीहरू नेपालमा प्रत्यक्ष लगानी गर्न सक्षम छन् ।

सन् २०२२ लाई लक्षित गरेर नेपालबाट कस्ता श्रमिक पठाउन सकिन्छ ? सरकार–सरकारबीचको सम्झौतामा सुरक्षागार्डमा श्रमिक पठाउने तयारी कहाँ पुगेको छ ?
कतार सरकारले सन् २०२२ को फिफा वल्र्डकपलाई ध्यानमा राखेर ठूूला–ठूूला रङ्गशाला निर्माण गरेको छ । ती स्टेडियम निर्माणमा नेपाली श्रमिकको अत्यन्तै ठूूलो योगदान छ । त्यसबाट उनीहरू खुुसी छन् । नेपाली लगनशील, सहनशील, शिष्ट र कठोर जिम्मेवारी बोध रहेको कुरा असाध्यै मन परेको छ । त्यसैले पनि नेपाली श्रमिकको माग बढेको यथार्थ हो ।
सुुरक्षाकर्मीको आवश्यकताको विषय पनि बेलाबखत व्यक्त हुन्छन् । औपाचारिक रूपमा नभए पनि अनौपचारिक रूपमा खेलकुुद क्षेत्रका केही अधिकारीले मसँग पनि नेपाली सुुरक्षाकर्मीको विश्वसनीयताबारे कुरा गरेका छन् तर कतार सरकार स्वयं पनि बिजनेस मोडेलबाट सुरक्षागार्ड ल्याउने चाहना राखेको देखिन्छ तर हामी सरकारी–सरकारबीचको मोडालिटीबाट भन्ने प्रस्ताव राखेका छौँ । यसका लागि मैले आवश्यक पहल गरिरहेको छु ।

नेपालका वैदेशिक रोजगार व्यवसायीले यसको किन विरोध गरेका छन् नि, कतै त्यहाँका रोजगारदाता र हाम्रा व्यवसायीको मिलेमतो त छैन ?
व्यवसायी–व्यवसायीबीचमा आर्थिक स्वार्थको बलजोड हुुन नसक्ने कुरा पनि भएन । समस्या त्योभन्दा पनि कतार सरकार स्वयं पनि सरकारी तहबाटै सम्झौता गरेर सुरक्षागार्ड लग्नुपर्छ भन्ने पक्षमा देखिँदैन । यस्ता विषयमा हाम्रो सरकारले चाहेर मात्रै पनि हुँदैन, त्यसैले त्यही नै हुन्छ भन्न अहिले नै भन्न सकिँदैन ।

कतार सरकारले सन् २०१८ देखि आप्रवासी श्रमिकका पक्षमा राम्रा कानुन बनाएको छ, तिनको व्यावहारिक कार्यान्वयन कस्तो पाउनुभएको छ ?
कतार आधुुनिकीकरणको प्रक्रियामा छ, पुरानो तिर फर्कंदैन । कतारले सन् २०३० सम्म सम्पन्न राष्ट्रको दर्जामा पुग्ने गरी दीर्घकालीन योजनासहित काम गरिरहेको छ । परम्परागत सम्बन्धका स्वरूपलाई कायम राखेर त्यहाँ पुुग्न सम्भव छैन । त्यसैले कतार आधुनिकताले माग गरेका कुुरा पच्छाइरहेका छन् । कतारले श्रमिको क्षेत्रमा मात्रै नभएर सामाजिकलयायतका अन्य क्षेत्रमा पनि धेरै कानुनी सुधार गरेको छ । श्रमिकको हकहितको निम्ति स्थायी हुन् । अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ)को सहयोग र सुपरिवेक्षणमा यी कुरा भएका हुन् । श्रमिकको न्यूनतम पारिश्रमिक सात सय रियलबाट बढाएर १००० रियल पु¥याइएको छ । यसमा सेवा सुविधा खानका लागि ३०० र आवासका लागि ५०० गरी न्यूनतम एक हजार ८०० रियल पुगेको छ । उद्देश्य पूरा भएपछि प्रतिगामी कदम चाल्छन् भन्ने मलाई विश्वास लाग्दैन ।
को हो तर पछिल्लो पटक नयाँ–नयाँ आर्थिक क्षेत्रमा विकास गर्नेतर्फ अग्रसर छ । मरुभूमि भए पनि खाद्यान्नमा समेत आत्मनिर्भर हुने लक्ष्य लिएको छ । यसबाहेक यसले खेलकुद, पर्यटन, लक्जरी उद्योगलगायतका यहाँको आर्थिक रूपान्तरको परिकल्पना नै जिम्मेवार र दूरगामी छ ।

कतारमा नेपाली श्रमिकको भूमिका कस्तो पाउनुभएको छ ? सेवा सुविधमा अन्य देशसरह के कस्तो मूल्याङ्कन गर्नुभएको छ यहाँले ?
दुुःखका साथ भन्नुुपर्छ । हाम्रा बहुुसङ्ख्य श्रमिक जोखिम अनि तल्लो स्तरको शारीरिक श्रम गर्ने गर्छन् । जोखिमपूर्ण श्रममा रहेका नेपालीको आर्थिक आर्जनको स्तर पनि कमजोर छ । नेपाली श्रमिक इमानदार, परिश्रमी, बफादार, सहनशील र शान्त भएका कारण अरू देशका श्रमिकभन्दा रुचाइएको छ । अरू देशका श्रमिकभन्दा नेपालका श्रमिकलाई राख्न पाए हुुन्थ्यो भने कतारमा छ तर यसका लागि त हाम्रा श्रमिक काम, भाषामा दक्ष हुनुप¥यो तर नभएर पछि परेका छन् । कतारमा सके अरबी नसके पनि अङ्ग्रेजी भाषा जान्नेका लागि कमाउन धेरै राम्रा अवसर छन् । सन् २०१८ मा राष्ट्रपति विद्यादेवी भण्डारीले प्राविधिक जनशक्ति पठाउने विषयमा सम्झौता गर्नुभएको थियो । ती सम्झौता कार्यान्वयनमा लग्नुपर्छ ।

कतारमा कोरोना महामारीले नेपाली श्रमिक प्रभावित हुने अवस्था के कस्तो छ ?
एक पटक नियन्त्रणमा आइसकेपछि कतारमा कडा खाले सङ्क्रमण बढेको भन्ने आएको छ । अहिले दैनिक पाँच सय सङ्क्रमित छन् भने यसबाट कुल सङ्ख्या पनि १३ हजार बढी पुुगेको छ । सरकारले थप नियन्त्रणका उपाय खोज्न थालेको अवस्था छ ।
अहिले कतारमा श्रमिकको बस्ने ठाउँ छुुट्टै हुन्छ । लेबर सिटी भनेर एउटा छुट्टै सिटी छ । त्यहाँ अहिलेसम्म सङ्क्रमण भएको भन्ने सुनिएको छैन । पहिला त्यो सिटीमा फैलिएर ६९ दिनसम्म बन्दाबन्दी भएको थियो । अहिले त त्यो अवस्था आएको छैन तर सङ्क्रमण बढ्दै गयो भने अहिले नेपालबाट श्रमिक आउने क्रम बढेको छ, त्यो फेरि रोकिन सक्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?