‘आर्थिक–सामाजिक क्षेत्रमा ‘गेम चेञ्ज’ हुँदैछ’
गोरखापत्र अनलाइन ,
पुष २६, २०७६ शनिबार
अर्थमन्त्री डा युवराज खतिवडाले देशको समग्र आर्थिक सूचकहरु स्वस्थकर रही देशको अर्थतन्त्र सही ‘ट्र्याक’मा अगाडि बढेको बताउनुभएको छ । उहाँले सङ्घीयता कार्यान्वयन सफलतातर्फ उन्मुख भएको र छोटो समयमै वित्तीय सङ्घीयताका विषयमा देखिएका अस्पष्टता ‘क्लियर’ भई कार्यान्वयन हुन थालेको उल्लेख गर्नुभयो ।