'मास्क लागाउँदा मुखको छालामा असर पर्न सक्छ'
गोरखापत्र अनलाइन
आश्विन २, २०७८ शनिबार
बिश्वब्यापी रुपमा फैलिएको कोभिड–१९को रोकथाम गर्न मास्कले निकै महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । हेर्दा सामान्य देखिने तर जीवन बचाउन कोसेढुंगा मानिएको मास्कको प्रयोगले कोभिड–१९ को फैलावट रोक्न सशक्त भूमिका खेलेको छ । मास्कको उचित र प्रभावकारी प्रयोगका निमित्त यसले मुख, नाक, र चिउँडो पूरै छोप्नु पर्ने हुन्छ । मास्कले धूलोका कणहरु र स्वासप्रस्वासको माध्यमबाट सर्ने रोगको रोकथाम गर्न निकैे मद्दतगर्छ ।