नेपाल–भारत सम्बन्धमा ‘वसन्त’ आउँदै छ
गोरखापत्र अनलाइन
मंसिर ८, २०७८ बुधबार
दिग्गज विकास अर्थशास्त्री तथा नेपाल–भारत प्रबुद्ध समूह (ईपीजी)मा भारतका तर्फबाट सदस्य प्राध्यापक महेन्द्र पी. लामा यतिबेला काठमाडौँमा हुनुहुन्छ । नेपाल–भारत सम्बन्धको विश्लेषण गर्दै दुई देशबीचको सम्बन्ध अझै सुमधुर र न्यानो बन्ने बाटोमा अग्रसर भएको उहाँको भनाइ छ । नेपाल–भारतसँग विशेष सरोकार राख्ने मैत्रीपूर्ण ऐतिहासिक सम्बन्ध, दुईपक्षीय तथा बहुपक्षीय विकास साझेदारी, जलवायु परिवर्तन, सांस्कृतिक, भाषिक, साहित्यिक...