logo
२०८१ जेष्ठ ६ आईतवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. चीनद्वारा सन् २०२१ मा मङ्गल ग्रहको अध्ययनका लागि पठाइएको झुरोङ रोभर कहिले मङ्गल ग्रहको सतहमा अवतरण भएको हो ?
 सन् २०२१ मे १४
– करिब सात महिनाको अन्तरिक्ष यात्रापश्चात् सो रोभर मङ्गल ग्रहमा पुगेको ।
– पौराणिक अग्नि र युद्ध देवताको नामबाट नामकरण गरिएको झुरोङ रोभरको तौल २४० केजी रहेको ।
– चीनले यसअघि मङ्गल ग्रहको अध्ययनका लागि सन् २०२० जुलाई २३ मा तियान्वेन–१ अन्तरिक्ष यान त्यसतर्फ
प्रक्षेपण गरेको ।
– हालसम्म ईयू, अमेरिका, यूके, रसिया, यूएई, जापान र चीनले मङ्गल अभियानका लागि यान पठाएका ।

२. भारतको प्रतिष्ठित पद्मश्री पुरस्कारबाट सन् २०२१ मा सम्मानित हुनुहुने भारतका नेपालीभाषी साहित्यकार को हुन् ?
 लीलबहादुर क्षेत्री
– भारतको आसाम राज्यस्थित गुवाहटीमा बस्दै आएका नेपाली भाषाका साहित्यकार लीलबहादुर क्षेत्रीलाई भारतका राष्ट्रपति रामनाथ कोविन्दद्वारा सन् २०२१ नोभेम्बर ८ मा सो सम्मान
प्रदान गरिएको ।
– आख्यानकार, नाटककार, निबन्धकार, समालोचकका रूपमा समेत चर्चित क्षेत्रीको नेपाली भाषा साहित्यमा ठूलो योगदान रहेको ।
– उनले लेखेको उपन्यास ‘बसाइँ’ नेपालका विश्वविद्यालयमा समेत पठनपाठन हुने गरेको ।

३. विद्युतीय राहदानीको परीक्षण वितरणको थालनी कहिलेदेखि गर्ने निर्णय भएको हो ?
 वि.सं. २०७८ मङ्सिर १
– सन् २०२२ को सुरुवातसँगै नेपालमा औपचारिक रूपमा प्रचलनमा ल्याउन लागिएको विद्युतीय राहदानीको तयारी स्वरूप परीक्षण वितरण सुरु गरिएको राहदानी विभागले जनाएको ।
– विभागका अनुसार मङ्सिर १ गतेदेखि केही हप्ता विभागबाटै वितरण गरिने र सोपश्चात् प्रदेश तथा जिल्लास्तरमा विद्युतीय राहदानी वितरण गर्ने योजना रहेको ।
– गत वर्षको सेप्टेम्बर महिनामा फ्रान्सेली कम्पनीसँग सम्झौता गरी विद्युतीय राहदानी उत्पादन अघि बढाइएको थियो ।
– आईएसओ १९०३ मान्यताप्राप्त विश्वस्तरको तेस्रो जेनेरेसनको राहदानीका रूपमा विद्युतीय राहदानी रहेको ।
– नयाँ राहदानी वितरण भए पनि पुरानो एमआरपी राहदानीको म्याद नसकिएकाको हकमा म्याद रहुञ्जेल त्यही राहदानीलाई नै
मान्यता दिइने ।

४. २०७७ सालको मदन पुरस्कार कसलाई प्रदान गरियो ?
 भगीराज इङनाम (लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह पुस्तकका लागि)

५. २०७७ सालको जगदम्बाश्री पुरस्कार कसलाई प्रदान गरियो ?
 नृत्यशास्त्री भैरवबहादुर थापा

६. विश्व मधुमेह दिवस कहिले मनाइन्छ ?
 नोभेम्बर १४
– (सन् २०२१ को नारा ः मधुमेह उपचारमा पहुँच)

७. हिमालपारिको जिल्ला मुस्ताङमा तीन दशकयताकै ठूलो हिमपहिरो कहिले गयो ?
 वि.सं. २०७८ कात्तिक २८
– मुस्ताङको थासाङ गाउँपालिका क्षेत्रमा पर्ने टुकुचे हिमालमा सो हिमपहिरो गएको । हिमपहिरो करिब पाँच किलोमिटर तलसम्म आएको ।
– हिमपहिरो थासाङ गाउँपालिका–२, कोवाङसम्म आइपुग्ने डरमा भागदौड मच्चिँदा विद्यार्थी र स्थानीय गरी ११ जना घाइते भएका ।
– झन्डै आधा घण्टासम्म बगेको पहिरोले हिउँका चट्टान उर्लिएर तलसम्म खस्दा पहिरोमा परेर आधा दर्जन चौँरीगोठमा क्षति पुगेको साथै १५० भन्दा बढी चौँरी पुरिएको जनाइएको ।

८. पद्मकण्ठगिरि कुन ठाउँको पौराणिक नाम हो ?
 स्वयम्भू

९. नेपालमा सामाजिक सुधार ऐन कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०३३

१०. सूर्यको किरणमा सात रङ हुन्छन् भनी पत्ता लगाउने वैज्ञानिक को हुन् ?
 सर आइज्याक न्युटन (बेलायत)

११. प्राथमिक रङमा कुन–कुन रङ पर्दछन् ?
 रातो, नीलो र हरियो

१२. प्यागोडा शैलीको सबैभन्दा पुरानो मन्दिर कुन हो ?
 चाँगुनारायण

१३. नवदुर्गा नाच कसले चलाएका हुन् ?
 सुवर्ण मल्ल

१४. व्यासीहरूले माघ महिनामा भैलो खेली मनाउने पर्व कुन हो ?
 धवला

१५. नइ प्रकाशनले आफ्नो रजत महोत्सवको अवसरमा ‘महासमालोचक’को उपाधि र नइ रजत महोत्सव पुरस्कार कसलाई प्रदान ग-यो ?
 प्रा.डा. वासुदेव त्रिपाठी
– त्रिपाठीलाई पाँच लाख रुपियाँ राशिसहित ‘महासमालोचक’ उपाधि र नइ रजत महोत्सव पुरस्कार प्रदान गरिएको ।
– सोही अवसरमा त्रिपाठीलाई एक लाख रुपियाँ राशिको नइ ईश्वर बराल पुरस्कार पनि प्रदान गरिएको ।
– त्यस्तै नइ रजत महोत्सव पदक शताब्दी पुरुष सत्यमोहन जोशी, प्रा.डा. महादेव अवस्थी, प्रा. केशव सुवेदी, प्रा.डा. लक्ष्मणप्रसाद गौतमलगायत ५० जनालाई समर्पण गरिएको ।
– भारतीय नेपाली साहित्यकार दुर्गाप्रसाद श्रेष्ठलाई नइ देरुनिख अन्तर्राष्ट्रिय पुरस्कार (दुई लाख रुपियाँ राशिसहित) प्रदान गरिएको ।
– चिकित्सक डा. गौरीशङ्करलाल दासलाई नइ भावी पुरस्कार, शङ्करनाथ रिमाललाई नइ कीर्तिनिधि पुरस्कार, मनिषा कोइरालालाई नइ भूपाल दुर्गा पुरस्कार, मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई नइ देरुनिख सुकीर्ति पुरस्कार एवं प्रा.डा. सोमप्रसाद पाण्डेलाई नइ चन्द्रधन पुरस्कार प्रदान गरिएको ।

१६. सार्कको लोगो कुन देशका कलाकारले बनाएका हुन् ?
 नेपाल (शैलेन्द्र महर्जन)

१७. कालो अक्षर कृतिका लेखक को हुन् ?
 कमलमणि दीक्षित

१८. पृथ्वी प्रज्ञा पुरस्कार पाउने प्रथम साहित्यकार को हुन् ?
 बालकृष्ण सम

१९. मेट्रिक प्रणाली कुन देशबाट सुरु भएको हो ?
 फ्रान्स

२०. उधौली र उभौली कुन जातिले मनाउने पर्व हुन् ?
 राई

२१. छन्त्याल जातिको मुख्य बसोबास रहेको जिल्ला कुन हो ?
 म्याग्दी

२२. कुन ग्रहलाई रातो ग्रह भनी चिनिन्छ ?
 मङ्गल

२३. रामेछाप जिल्लाको ठोसे भन्ने ठाउँ कुन धातुका लागि प्रसिद्ध छ ?
 फलाम

२४. भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा पाँचवटा प्रदेशमा इम्बोस्ड नं. प्लेट कहिलेदेखि अनिवार्य गर्ने निर्णय गरियो ?
 वि.सं. २०७८ मङ्सिर १
– वि.सं. २०७८ मङ्सिर १ देखि नयाँ दर्ता हुने सवारीसाधनलाई इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरिएको ।
– त्यस्तै २०७८ फागुन १ देखि सवारी नामसारी गर्दा अनिवार्य इम्बोस्ड नम्बर लगाउनुपर्ने ।
– २०७९ जेठ १ देखि भने सवारी दर्ता प्रमाणपत्र नवीकरण गर्दा इम्बोस्ड नम्बर प्लेट लगाउनुपर्ने ।
– मन्त्रालयका अनुसार इम्बोस्ड नम्बर प्लेट कार्यान्वयन सार्वजनिक सवारी, पर्यटन सवारी, निजी सवारी, सरकारी सवारी र संस्थानका सवारीलाई अनिवार्य गरिएको ।
– अहिले बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा यो कार्यान्वन हुने । प्रदेश १ र २ मा प्रदेशको नाम निश्चित नभएसम्मका लागि स्थगित गरिएको ।
– सङ्घीय व्यवस्थाअनुसार इम्बोस्ड नम्बर प्लेट जडान गर्ने काम प्रदेशको कार्यक्षेत्रमा पर्ने । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को अनुसूची २ को क्रमसङ्ख्या १४ ले दिएको अधिकार प्रयोग गरी प्रदेशअन्तर्गतका कार्यालयमा कार्यान्वयन हुने गरी राजपत्रमा सूचना प्रकाशित गरिएको ।

२५. हावामा सबैभन्दा बढी पाइने तìव (ग्यास) कुन हो ?
 नाइट्रोजन

२६. सुर्तीमा निकोटिन पाइन्छ भने कफीमा के पाइन्छ ?
 क्याफिन

२७. नेपालको मरुभूमि भन्नाले मुस्ताङलाई चिनिन्छ भने नेपालको श्रीलङ्का भन्नाले कुन ठाउँलाई चिनिन्छ ?
 कोसीटप्पु

२८. आर्थिक म्याग्नाकार्टा भनेर पनि चिनिने विश्व प्रसिद्ध कृति कुन हो ?
 दी वेल्थ अफ नेसन

२९. नेपालका शाहजहाँ भनेर कसलाई चिनिन्छ ?
 खड्गशमशेर

३०. विश्वकप टी–२० प्रतियोगिता (२०२१)को उपाधि कुन देशले जित्यो ?
 अस्ट्रेलिया
– अस्ट्रेलियाले छिमेकी देश न्युजिल्यान्डलाई ८ विकेटले हराएर सो उपाधि हात पारेको ।
– सबैभन्दा बढी पाँच पटक एकदिवसीय विश्वकप जितिसकेको अस्ट्रेलियाले टी–२० संरचनाको विश्वकप भने पहिलो पटक जितेको ।
– विश्वकप टी–२० को सातौँ संस्करणको फाइनलमा टस हारेर पहिले व्याटिङ गर्न पुगेको न्युजिल्यान्डले चार विकेटको क्षतिमा १७२ रन बनाएको थियो । अस्ट्रेलियाले सात बल बाँकी छँदै दुई विकेटको क्षतिमा १७३ रन बनाएर लक्ष्य हासिल गरेको ।
– टी–२० विश्वकप च्याम्पियन
प्रस्तुतकर्ता : टङ्क के.सी.

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?