logo
२०८१ बैशाख २७ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. नेपाल टेलिकमले भ्वाइस ओभर लङ टर्म इभोलुसन (भीओएलटीई) सेवाको व्यावसायिक सुरुवात कहिलेदेखि गरेको हो ?
 वि.सं. २०७८ माघ २२
– फोरजी/एलटीई नेटवर्कमा आधारित यो सेवामार्फत प्रयोगकर्ताले उच्च गुणस्तरको भ्वाइस सेवा प्रयोग गर्न पाउने । साथै भ्वाइस कलमार्फत नै भिडियो कलको सुविधा लिन सक्ने ।
– टेलिकमले गत जेठ ३ गते नै यसको परीक्षण सुरु गरेको थियो ।
– फोरजी सेवामार्फत भ्वाइस कल गर्दा आवाजको गुणस्तर एचडीस्तरको हुने, व्यक्ति–व्यक्तिबीच भेटेरै कुराकानी गरेजस्तो गुणस्तरीय भ्वाइस सेवा पाउन सकिने, कल सम्पर्क हुने दर छिटो हुने, आवाज स्पष्ट र प्राकृतिकजस्तो सुनिने टेलिकमले जनाएको ।
– टेलिकमका अनुसार भीओएलटीई सेवा लिन ८०० र १८ सय मेगाहर्ज ब्यान्डको फ्रिक्वेन्सी सपोर्ट गर्ने मोबाइल हुनुपर्ने ।

२. सन् २०२२ जनवरीमा मेलबर्नमा सञ्चालित अस्ट्रेलियन ओपनतर्फ पुरुष एकलको उपाधि जित्ने टेनिस खेलाडी को हुन् ?
 राफेल नाडाल (स्पेनिस टेनिस स्टार)
– मेलबर्नमा जनवरी ३० मा भएको फाइनल खेलमा सो उपाधि जित्दै ३५ वर्षीय नाडालले पुरुष खेलाडीको
कीर्तिमान बनाएका ।
– खेलमा नाडालले दोस्रो बरीयताका रुसी खेलाडी डानियल मेडेभेदेभमाथि उत्कृष्ट जित निकालेका ।
– अस्ट्रेलियन ओपन च्याम्पियन बनेसँगै नाडालले २१औँ ग्रान्डस्लामको उपाधि जितेका । नाडाल सर्बियाका नोभाक जोकोभिच र स्विट्जरल्यान्डका रोजर फेडेररसँग बराबरी थिए । जोकोभिच र फेडेररले २० वटा ग्रान्ड स्लामको उपाधि जितेका ।

३. वि.सं. २०७८ माघ १७ को मन्त्रिपरिषद् बैठकले खुला विश्वविद्यालयको उपकुलपतिमा कसलाई नियुक्त गर्ने निर्णय गरेको हो ?
 शिलु मानन्धर
– मानन्धर खुला विश्वविद्यालयकै व्यवस्थापन सङ्कायका पूर्वडिन हुनुहुन्छ ।
– खुला विश्वविद्यालयका तत्कालीन उपकुलपति प्रा.डा. लेखनाथ शर्माको चारवर्षे कार्यकाल जेठ १८ गते सकिएको थियो ।

४. नेपालमा उत्पादित अर्गेली सबैभन्दा बढी कुन देशमा निर्यात हुने गरेको छ ?
 जापान
– अर्गेलीबाट उच्चस्तरको कागज बनाउन सकिने ।
– यसबाट बनाइएको मुद्रा बलियो र पानीमा भिजाउँदासमेत
केही नहुने ।
– जापानी मुद्रा (येन) बनाउन जापानले यसको आयात
गर्ने गरेको ।
– नेपालमा अर्गेली तीन श्रेणीमा उत्पादन हुने ः ‘ए’ श्रेणीको प्रतिकिलोको ५५० रुपियाँ, ‘बी’ श्रेणीको दुई सय र ‘सी’ श्रेणीको एक सय रुपियाँँ किलोसम्ममा बिक्री हुने गरेको । यसलाई वाफमा पकाएर विभिन्न श्रेणीमा प्रशोधन गर्ने गरिएको ।
– नेपालको दोलखा, रामेछाप, इलाम, पाँचथर र ताप्लेजुङमा यसको उत्पादन गर्ने गरिएको ।

५. विश्वकै अग्लो स्थानमा छायाङ्कन गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डस् कायम गर्न सफल म्युजिक भिडियो कुन हो ?
 सुन्दर हिमाल
– पत्रकारिता र कलाकारितामा संलग्न पाँच युवाले विश्वकै अग्लो स्थानमा ‘सुन्दर नेपाल’ बोलको गीतको म्युजिक भिडियो छायाङ्कन गरेर सो रेकर्ड कायम गरेका ।
– पाँच हजार २० मिटरको उचाइमा रहेको सोलुखुम्बुको खारे (मेरा पिक जाने बाटो)मा पुगेर सो म्युजिक भिडियो
छायाङ्कन गरिएको ।
– गीतकार बुद्धिराज राई, गायक टेक नाछिरिङ र शिखरजङ्ग श्रेष्ठ, गायिका माया गुरुङ, मोडेल तथा डान्सर सिर्जना किराँतीले सो भिडियो छायाङ्कन गरेर कीर्तिमान राखेका ।
– यसअघि उच्च स्थानमा म्युजिक भिडियो छायाङ्कन गरेर गिनिज बुकमा ‘हाइएस्ट अल्टिच्युड म्युजिक भिडियो अन ल्यान्ड’ शीर्षकमा नेपाली युवा सञ्चबहादुर राई, पुष्कर नेपाल, पावल राई, लक्ष्मण कार्की र राजन खरेलले ४८१४ मिटर उचाइमा रहेको गोक्यो ताल आसपासमा छायाङ्कन गरी कायम कीर्तिमान ‘सुन्दर हिमाल’ ले तोडेको ।

६. नेपालमा शहीद दिवस कहिले मनाइन्छ ?
 माघ १६
– प्रजातन्त्र स्थापना एवं पुनस्र्थापना तथा विभिन्न कालखण्डका स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विविध कार्यक्रम गरी हरेक वर्ष माघ १६ का दिन शहीद दिवस मनाउने गरिएको ।
– त्यस्तै माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाइँदै आएको ।

७. विन्टर ओलम्पिक–२०२२ को आयोजक राष्ट्र कुन हो ?
 चीन (बेइजिङ)
– मिति: २०२२ फेब्रुअरी ४–२०
– खेलाडी: २८७१
– पुरुष: १५८१
– महिला: १२९०
– सहभागी राष्ट्र : ९१
– संलग्न खेल सङ्ख्या : ७ (इभेन्ट्स :१०९)
– अमेरिका, बेलायत, अस्ट्रेलिया र क्यानाडाले बेइजिङ ओलम्पिकमा आफ्ना खेलाडी पठाए पनि कूटनीतिक बहिष्कार गरेका ।
– कूटनीतिक बहिष्कार घोषणा नगरे पनि जापानले यो ओलम्पिकमा कुनै पनि उच्च अधिकारी नपठाएको ।
– शीत र ग्रीष्मकालीन ओलम्पिक खेलकुद आयोजना गर्ने बेइजिङ एक्लो सहर बन्न पुगेको ।
–Motto : Together for a shared future

८. बाघ संरक्षणमा उत्कृष्ट कार्य गरेबापत अन्तर्राष्ट्रिय संरक्षण पुरस्कार प्राप्त गर्ने नेपालको राष्ट्रिय निकुञ्ज कुन हो ?
 बर्दिया राष्ट्रिय निकुञ्ज
– विश्वमै दुर्लभ मानिएको पाटेबाघको संरक्षण गर्दै बाघको सङ्ख्या दोब्बर वृद्धि गरेको भन्दै सो निकुञ्ज
पुरस्कृत भएको ।
– सो पुरस्कार सन् २०२२ को सेप्टेम्बरमा रुसमा आयोजित दोस्रो बाघ सम्मेलनका अवसरमा प्रदान गरिने ।
– संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व वन्यजन्तु संरक्षण कोषलगायतका विश्वभर संरक्षणका क्षेत्रमा काम गर्ने नौवटा अन्तर्राष्ट्रिय संस्थाको समूहले बर्दिया राष्ट्रिय निकुञ्जलाई सो पुरस्कार प्रदान गरेको ।
– सन् २००९ मा बर्दियामा बाघको सङ्ख्या १८ थियो भने सन् २०१८ को बाघको गणनामा ८७ वटा बाघ रेकर्ड
गरिएका थिए ।
– सन् २०१० मा रुसको सेन्ट पिटस्वर्गमा बाघ पाइने देशको पहिलो बाघ सम्मेलनमा नेपालले प्रतिबद्धता गरेअनुसार बाघको सङ्ख्या सन् २०२२ सम्म दोब्बर हुने स्थिति देखिएको ।
– सन् २००९ मा नेपालमा बाघको सङ्ख्या १२१ रहेको थियो ।
– सन् २०१८ को बाघ गणनाअनुसार चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दियामा ८७, बाँकेमा २१, पर्सामा १८ र शुक्लाफाँटा रा.नि.मा १६ गरी कुल २३५ वटा पाटेबाघ रेकर्ड गरिएका ।

९. २०७८ सालको भैरव पुरस्कार कसलाई प्रदान गरियो ?
 व्यङ्ग्यकार नरनाथ लुइँटेल
– यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
– दुवै पुरस्कारको राशि एक लाख एक हजार १११ रुपियाँ रहेको ।
– भैरव पुरस्कार गुठीले ५५ हजार ५५५ रुपियाँ राशिको भैरव प्रतिभा पुरस्कार साहित्यकार विमल भौकाजीलाई प्रदान गरेको ।

१०. बेइजिङ शीतकालीन ओलम्पिकको पहिलो स्वर्ण पदक जित्ने खेलाडी को हुन् ?
 थेरिज जोहाग (नर्वे)
– (उनले महिला १५ किलोमिटर स्कियाथलनमा सो उपाधि हात पारेकी ।)

११. अरुण तेस्रो जलविद्युत् आयोजनाको उत्पादन क्षमता कति रहेको छ ?
 ९०० मे.वा.
– सङ्खुवासभा जिल्लामा निर्माण गर्न थालिएको यस जलविद्युत् आयोजनाको शिलान्यास वि.सं. २०७५ वैशाख २८ गते तत्कालीन प्र.म. केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीद्वारा स्विचमार्फत काठमाडौँबाट भएको ।
– २०८० सालभित्र सम्पन्न गर्ने लक्ष्य रहेको यो आयोजनाको हाल (२०७८ पौष)सम्म ५४ प्रतिशत कार्य सम्पन्न भएको ।
– यस परियोजनाको एक खर्ब चार अर्ब रुपियाँ लागत अनुमान गरिएको ।

१२. पेगासस भन्नाले के बुझिन्छ ?
 जासुसी सफ्टवेयर प्रोग्राम
– यसको प्रयोगबाट कुनै पनि व्यक्तिको गोप्य कुरा थाहा पाउन सकिने ।
– पेगाससलाई कुनै स्मार्टफोनमा सेट गरिदियो भने ह्याकरले उक्त स्मार्टफोनको माइक्रोफोन, क्यामरा, अडियो, टेक्स्ट म्यासेज, इमेलका साथै लोकेसनसमेतको जानकारी लिन सक्ने ।
– सन् २०२२ जनवरी २८ मा अमेरिकी अखवार न्युयोर्क टाइम्सले भारतले इजरायली स्पाइवेयर पेगासस खरिद गरको एक रिपोर्ट प्रकाशित गरेपश्चात् त्यहाँको राजनीतिमा तरङ्ग पैदा हुन पुगेको ।
– सन् २०२१ मा पेगासस जासुसी सफ्टवेयरको माध्यमबाट कैयौँ देशका नेता, पत्रकार तथा सामाजिक अभियन्ताको कल रेकर्ड गरेको विषय सार्वजनिक भएको थियो ।

१३. नेपालमा हाल आर्थिक हिसाबले पालिने मौरी कति प्रकारका छन् ?
 २ (एपी सेरेना र मेला फेरा)

१४. अन्तर्राष्ट्रिय क्रिकेटमा दुई पटक ह्याट्रिक विकेट लिने पहिलो नेपाली महिला खेलाडी को हुन् ?
 रुविना क्षेत्री

१५. नेपाल सरकारद्वारा कहिलेसम्ममा निकृष्ट बालश्रम अन्त्य गर्ने घोषणा भएको छ ?
 वि.सं. २०७९
– (त्यस्तै वि.सं. २०८२ सम्ममा सबै प्रकारका बालश्रम अन्त्य गर्ने घोषणा भएको ।)

१६. नेपालको कुन ठाउँमा अटोभिलेज निर्माण गरिएको छ ?
 बुटवल

१७. बागवानीका एन्टिभाइरस भनी कसलाई चिनिन्छ ?
 बागवानीविज्ञ मुकुन्द रञ्जित

१८. वि.सं. २०७८ माघमा सञ्चालित २०औँ संस्करणको आहा रारा गोल्ड कप फुटबल प्रतियोगिताको उपाधि कसले जित्यो ?
 एपीएफ क्लब
– सहारा क्लब पोखराको आयोजना र हिमश्री फुड्स प्रा.लि.को मुख्य प्रायोजनमा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा मनाङ–मस्र्याङ्दी क्लबलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले पराजित गर्दै एपीएफले उपाधि हात पारेको ।
– एपीएफ पहिलो पटक उपाधि उचाल्दै इतिहास रच्न सफल भएको । २०६४ सालमा फाइनल पुगेर पनि नेपाल पुलिस क्लबसँग पराजित हुँदै उपाधि विमुख भएको एपीएफले १४ वर्षपछि उपाधि हात पार्न सफल भएको ।
– एपीएफले उपाधिसँगै १० लाख एक हजार र मनाङले उपविजेता बन्दै पाँच लाख एक हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको ।
– यस संस्करणमा एक विदेशीसहित १० टिमको सहभागिता रहको ।
– प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी एपीएफका राजन गुरुङ एवं उत्कृष्ट गोलरक्षक एपीएफकै युया कुरियामा घोषित भएका ।

१९. सामुदायिक बीउ बैङ्कको स्थापना कहाँ गरिएको छ ?
 माछापुच्छे गा.पा. (कास्की)

२०. युनेस्कोद्वारा वल्र्ड क्यापिटल अफ आर्किटेक्चर–२०२० घोषणा गरिएको स्थान कुन हो ?
 रियो द जेनिरियो (ब्राजिल)

२१. नेपालमा आयुर्वेदिक औषधि उत्पादन गर्ने एक मात्र सरकारी निकाय कुन हो ?
 सिंहदरबार वैद्यखाना
– राजा प्रताप मल्लका पालामा यो निकाय वैद्यखानाका रूपमा स्थापना भएको ।
– शाहकालमा हनुमानढोका दरबारमा रहेको वैद्यखाना जङ्गबहादुर राणाको पालामा थापाथलीमा सारिएको थियो ।
– सोपश्चात् चन्द्रशमशेर प्रधानमन्त्री भएपछि सिंहदरबारमा वैद्यखाना सारेर सिंहदरबार वैद्यखाना नामकरण गरिएको ।
– वि.सं. २०५१ बाट सिंहदरबार वैद्यखाना विकास समितिमार्फत सिंहदरबार वैद्यखाना सञ्चालन हुँदै आएको ।
– कुनै समय १८५ प्रकारका औषधि उत्पादन भइरहेको वैद्यखानामा हाल ३५ प्रकारका औषधि मात्र उत्पादन भइरहेको ।

२२. नेपालमा मन्ट्रियल सन्धि–१९९९ कहिलेदेखि लागू भएको हो ?
 वि.सं. २०७५ मङ्सिर २९

२३. विश्वको पहिलो महिला अन्तरिक्ष पर्यटक को हुन् ?
 अनुसेह अन्सारी

२४. युरोपेली सङ्घको सर्वोच्च अङ्ग कुन हो ?
 युरोपेली परिषद्
प्रस्तुतकर्ता :टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?