logo
२०८१ बैशाख २७ बिहीवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सँगको अमेरिकी अनुदान सहायता सम्झौता प्रतिनिधि सभाबाट कहिले अनुमोदन भएको हो ?
 वि.सं. २०७८ फागुन १५
– सत्ता गठबन्धनमा रहेका नेपाली कांँग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)बीच १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदनका लागि भएको समझदारीबमोजिम सम्झौता पारित भएको ।
– अर्थमन्त्री जनार्दन शर्माको प्रस्तावमा नेपालको संविधानको धारा २७९ र प्रतिनिधि सभा नियमावलीको नियम २३० बमोजिम सभाले सम्झौताको अनुमोदन गरेको ।
– सम्झौताको संसदीय अनुमोदनसँगै अब सम्झौता कार्यान्वयनमा आउने ।
– प्रतिनिधि सभामा दर्ता भएको ३१ महिनापछि सम्झौता अनुमोदन भएको । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाद्वारा २०७६ असार ३० मा सम्झौता दर्ता गरिएको थियो ।
– कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको रायअनुसार संसद्मा दर्ता गरिएको थियो । कानुनकै रायअनुसार प्रतिनिधि सभाको साधारण बहुमतबाट अनुमोदन गरिएको । अन्य सन्धि भने सङ्घीय संसद्को दुवै सदनबाट अनुमोदनको अभ्यास रहेको ।

२. महाशक्ति राष्ट्र रुस र युक्रेनबीच युद्ध कहिले सुरु भएको हो ?
 सन् २०२२ फेब्रुअरी २४
– रुसले युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कलाई सन् २०२२ फेबु्रअरी २१ मा स्वतन्त्र राज्यको मान्यता दिई त्यहाँ शान्ति स्थापनाको नाममा सन् २०२२ फेब्रुअरी २२ मा आफ्नो सेना पठाएसँगै युद्धको सुरुवात भएको हो ।
– साथै युक्रेनले नेटोको सदस्यता लिने तयारी गरिरहेको कुरा पनि रुसलाई स्वीकार्य छैन ।
– युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले फेब्रुअरी २२ मा राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी हस्तक्षेप अस्वीकार्य भएको बताएका ।
– यसअघि सन् २०१४ मा युक्रेनको क्रिमिया प्रायद्वीपलाई रुसले बलपूर्वक आफुमा विलय गराएको थियो । सो घटनासँगै पूर्वी युक्रेनका दुई क्षेत्र दोनेत्स्क र लुहान्स्कमा स्वतन्त्रताका लागि विद्रोह सुरु भएको ।
– युक्रेनको सीमा पश्चिममा युरोपेली देश र पूर्वमा रुससँग जोडिएको छ । युक्रेन पूर्व सोभियत सङ्घको सदस्य हो । युक्रेनले सन् २०१४ मा जब आफ्नो रुसी समर्थक राष्ट्रपतिलाई हटायो, यसबाट पनि रुस युक्रेनसँग बेखुस बन्न पुगेको थियो ।
– सन् १९९१ को अगस्तमा युक्रेन सोभियत सङ्घबाट स्वतन्त्र भएको हो तर पछिल्लो समय युक्रेन युरोप र अमेरिकाको नजिक भएको छ, जुन कुरा रुसलाई मन परेको छैन ।
– रुसको चाहना बेलारुसजस्तै युक्रेन पनि सधैँ आफ्नै पक्षधर देश बनोस् भन्ने रहेको ।
– सन् २०१४ मा रुसले क्रिमिया आफ्नो देशमा गाभेपछि युक्रेनमा रुसविरोधी भावना बढ्यो । रुसविरोधी नारा दिएर पेट्रो पोरोसेन्को राष्ट्रपति बने । सन् २०१९ मा हास्य कलाकारसमेत रहनुभएका भ्लोदिमिर जेलेन्स्की राष्ट्रपति बनेपछि युक्रेन पश्चिमा देशसँग झनै नजिकियो ।
– अहिले युक्रेनमा आफ्नो पक्षधर राष्ट्रपति पनि नभएको साथै ईयू र नेटोको सदस्यता लिन युक्रेनले तयारी गरेकाले रुसलाई यो सह्य भएको छैन ।
– रुस र युक्रेनबीच करिब १२ सय माइल सीमा जोडिएको छ । युक्रेन पनि नेटोको सदस्य बने अमेरिकी नेतृत्वको सेना रुसको सीमामा पुग्न सक्नेछ । युक्रेनी नेतृत्व रुसविरोधी भए रुसको सुरक्षा खतरामा पनी रुसी अधिकारीको चिन्ता छ ।

३. नेपाललाई बर्खायाममा बढी हुने विद्युत् भारतले खरिद गर्ने सम्बन्धमा नेपाल–भारत ऊर्जा सचिवस्तरीय बैठकमा कहिले सहमति भएको हो ?
 वि.सं. २०७८ फागुन १२
– फागुन १२ मा काठमाडौंँमा सम्पन्न नेपाल–भारत ऊर्जा सचिवस्तरीय ज्वाइन्ट स्टेरिङ कमिटी (जेएससी) बैठकमा सो सहमति भएको ।
– ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समितिको नवौँ बैठकले दुई देशबीच रहेका प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तरदेशीय विद्युत् आयात निर्यात लगायतका विषयमा छलफल गरी विभिन्न सहमति गरेको ।
– सन् २०१४ मा सम्पन्न नेपाल–भारत विद्युत् व्यापार सम्झौताको दफा ५ मा व्यवस्था भएअनुसार उक्त सम्झौताको कार्यान्वयन पक्षलाई सहजीकरण र यससम्बन्धमा हुने प्रगतिको अनुगमन गर्न सचिवस्तरीय समितिको नवौँ बैठक बसेको ।

४. चर्चित Seven Rila Lakes कुन देशमा रहेको छ ?
 बुल्गेरिया

५. खानी तथा भूगर्भ विभागद्वारा गरिएको अध्ययनअनुसार नेपालमा युरेनियमका कणहरू कहाँ भेटिएको छ ?
 मुस्ताङ, मकवानपुर र दैलेख

६. सर्वप्रथम क्यासेट टेपको आविष्कार कसले गरेका हुन् ?
 लाउ ओटेन्स (सन् २०२१ मार्च ६ मा उनको निधन भएको ।)

७. किराँत राई समुदायमा प्रचालित पर्व उधौली र उभौलीमा नाचिने प्रमुख नृत्यलाई के भनिन्छ ?
 साकेला

८. संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित कति जना न्यायाधीश रहने व्यवस्था छ ?
 पाँच जना


९. नेपाल सरकारद्वारा कोभिड–१९ विरुद्धको खोप अभियान कहिलेबाट सुरु गरिएको हो ?
 वि.सं. २०७७ माघ १४

१०.Templeton Prize–2021बाट सम्मानित हुने व्यक्तित्व को हुन् ?
 जेन गुडाल

११. सन् २०२३ को One Day International World Cup क्रिकेट प्रतियोगिताको आयोजक राष्ट्र कुन हो ?
 भारत

१२. गरिबी निवारण कोष कहिले खारेज भएको हो ?
 वि.सं. २०७८ (स्थापना ः वि.सं. २०६०)

१३. लोकगायक तथा कलाकार जयनन्द लामाको निधन कहिले भएको हो ?
 वि.सं. २०७८ फागुन ११
– लोकगायक, सङ्गीतकार, अभिनेता, निर्माता तथा निर्देशकका रूपमा आफ्नो परिचय बनाउनुभएका लामा पाँच दशकदेखि कलाकारितामा क्रियाशील रहँदै आउनुभएको थियो ।
– २०३० सालमा मनको बाँध चलचित्रमा पहिलो पटक अभिनय गर्नुभएका लामाले लोकसङ्गीतको क्षेत्रमा अध्ययन, अनुसन्धान पनि गर्दै आउनुभएको ।
– लामाको आवाजमा रहेका कलकत्ते काइँयो, केस मेरो बाङ्ग्यो..., टेबलमा ऐना छ..., चट्ट परेको चुल्ठी..., हेर्दैमा राम्री..., चुइँचुइँ चुइँकने जुत्ता..., नाच्यो झिल्के नाच्यो..., मुलाको चाना..., सलल...लगायतका गीत निकै लोकप्रिय रहेका ।
– सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामा पछिल्लो समय हास्य टेलिशृङ्खला हल्का रमाइलोमा अभिनय गर्दै आउनुभएको थियो ।

१४. Expect Amazing कुन खेल आयोजनासँग सम्बन्धित रहेको छ ?
 फिफा विश्वकप २०२२

१५. सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा २०७८ अनुसार अस्तित्वमा रहेकामध्ये कति संस्थान नाफामा रहेका छन् ?
 २४ (घाटामा सञ्चालित ः १८ र शून्य कारोबार गरेका संस्थान ः २)

१६. भैरव पुरस्कार गुठीले भैरव पुरस्कार–२०७८ कसलाई प्रदान ग-यो ?
 व्यङ्ग्यकार नरनाथ लुइँटेल (पुरस्कार राशि ः १,०१,१११÷–)
– त्यस्तै पहिलो पटक यसै वर्षबाट घोषणा गरिएको भैरव वाङ्मय पुरस्कार (राशिः रु. १,०१,१११÷–) संस्कृतिविद् तेजेश्वरबाबु ग्वङ्गलाई प्रदान गरिएको ।
– भैरव प्रतिभा पुरस्कार (राशि ः रु ५१,१११÷–) साहित्यकार विमल भौकाजीलाई प्रदान गरिएको ।

१७. पाठयक्रमको मूल्याङ्कन भन्नाले के बुझिन्छ ?
 उद्देश्य, विषयवस्तु, शिक्षण सिकाइ, कौशल र मूल्याङ्कनको लेखाजोखा

१८. जितगढी रुपन्देहीमा पर्छ भने अमरगढी कहाँ पर्छ ?
 डडेलधुरा

१९. ‘शिक्षण कला भनेको खोजी कार्यको सहयोगी कला हो’ भन्ने विद्वान् को हुन् ?
 मार्क भानडोरेन, अमेरिकी कवि

२०. कुन जनावरलाई मरुभूमिको जहाज भनी चिनिन्छ ?
 ऊँट

२१. विश्वमा सर्वप्रथम बजेट पेस गर्ने व्यक्ति को हुन् ?
 रबर्ट वालपोल (ब्रिटेनका तत्कालीन वित्तमन्त्री)

२२. राजमाता वसन्तावतीले कुन नदीको किनारमा दूधको धारा बगाई सन्धि गराएकी थिइन् ?
 चेपे नदी

२३. प्राचीन कालमा चोभारलाई कच्छपाल गिरि भनी चिनिन्थ्यो भने चाँगुनारायण मन्दिर क्षेत्रलाई के भनी चिनिन्थ्यो ?
 दोलाद्री गिरी

२४. ग्रेट ओक नामक उड्न नसक्ने प्रजातिको पन्छी पृथ्वीबाट कहिले लोप भएको अनुमान छ ?
 सन् १८५०
– (यो पन्छी अन्तिम पटक सन् १८५० मा देखिएको ।)

२५. प्रथम विश्वयुद्धमा बेलायत सरकारद्वारा प्रदान गरिने उच्च सैनिक पदक ‘भिक्टोरिया क्रस’ पाउने पहिलो नेपाली को हुन् ?
 कुलवीर थापा

२६. चीनको ग्वान्जाओमा नेपालको महावाणिज्य दूतावासको स्थापना कहिले गरिएको हो ?
 वि.सं. २०७४ भदौ २५ (१० सेप्टेम्बर २०१७)

२७. संयुक्त राष्ट्रसङ्घद्वारा बालअधिकार महासन्धि कहिले पारित गरिएको हो ?
 सन् १९८९

२८. हिमचितुवा भनी चिनिने पर्वतारोही को हुन् ?
 आङरिता शेर्पा
– (अक्सिजनबिना नै सगरमाथाको सफल आरोहण गर्न सफल पर्वतारोही । चोयु, मनास्लु, ल्होल्से, अन्नपूर्ण, धौलागिरि, माउन्ट के टुलगायतका दर्जनौैँ हिमाल पनि बिनाअक्सिजन नै आरोहण गरी हिमालको हिरोका रूपमा चिनिने । आङरिताले आफ्नो नाममा हिमचितुवाको उपनाम थप्न सफल भएका ।)

२९. झाँगडहरूको झगडा मिलाउने व्यक्तिलाई के भनिन्छ ?
 भाइजन

३०. संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा भिटो ख्भ्त्इ प्रयोग गर्ने अधिकार कसलाई छ ?
 पाँच स्थायी सदस्य राष्ट्र
– (अमेरिका, रुस, बेलायत, फ्रान्स र चीन)
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?