logo
२०८१ बैशाख १५ शनिवार



लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)

लोकसेवा |


लोकसेवा तयारी सामग्री (वस्तुगत प्रश्नोत्तर)


१. वि.सं. २०७९ वैशाख ३० मा एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनका लागि कति मतदाता कायम भएका छन् ?
 १,७७,३३,७२३ (पुरुष : ८९,९२,०१०, महिला : ८७,४१,५३० र यौनिक अल्पसङ्ख्यक :१८३)
प्रदेशअनुसार मतदाता सङ्ख्या

२. राजधानी काठमाडौँमा तेस्रो उद्यमशीलता सम्मेलन कहिले सम्पन्न भएको हो ?
 वि.सं. २०७८ चैत ९
– ब्लक बी बिजनेस इनोभेसन्स र काठमाडौँस्थित भारतीय दूतावासको सहयोगमा सो कार्यक्रम आयोजना गरिएको ।
– सम्मेलनमा तीन सयभन्दा बढी युवा व्यवसायीको
सहभागिता रहेको ।

३. आर्ट एन्ड म्युजिक अवार्ड २०७८ मा लाइफटाइम एचिभमेन्ट अवार्ड कसलाई प्रदान गरियो ?
 दयाराम दाहाल
– लोकप्रिय गायक आनन्द कार्कीलाई स्वरभूषण सम्मान र रङ्ग पत्रकार प्रकाश सुवेदीलाई रजत पत्रकारिता सम्मान प्रदान गरिएको ।
– समारोहमा ‘हातमा घडी छ–२’बाट रविन लामिछानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायक र ‘पीर नभाको को छ र’बाट रमिला न्यौपानेलाई सर्वोत्कृष्ट लोकदोहोरी गायिकाको अवार्ड प्रदान गरिएको ।

४. ब्रिटिस एकेडेमी अवार्ड (वाफ्टा)को ७५औँ संस्करणमा उत्कृष्ट फिल्मको अवार्ड कुन चलचित्रले जित्यो ?
 द पावर अफ द डग
– उत्कृष्ट निर्देशकको अवार्ड पनि द पावर अफ द डग फिल्मबाट जेन क्याम्पेनले चुमेका ।
– समारोहमा सर्वाधिक पाँच अवार्ड (छायाङ्कन, ओरिजिनल स्कोर, ध्वनि, भिजुअल इफेक्ट र प्रोडक्सन डिजाइन) फिल्म ड्युनले जित्न सफल भएको ।
– समारोहमा उत्कृष्ट अभिनेताको अवार्ड किङ रिचार्डबाट विल स्मिथ, उत्कृष्ट अभिनेत्रीको अवार्ड आफ्टर लभबाट जोना स्क्यानलान, सहअभिनेताको अवार्ड कोडाबाट ट्रोड कोत्सुर र सह–अभिनेत्रीको अवार्ड बेस्ट साइड स्टोरीबाट परियाना डिबोसले जितेकी ।

५. दक्षिण एसियाली महिला सम्मेलन हालै कहाँ सम्पन्न भयो ?
 काठमाडौँ (सन् २०२२ मार्च १५–१६)
– नेपाल, भारत, पाकिस्तान, बङ्गलादेश, श्रीलङ्का र अफगानिस्तानका वरिष्ठ महिला अधिकारकर्मीको सहभागिता रहेको उक्त सम्मेलनले महिला र किशोरीविरुद्धको हिंसा अन्त्यका नयाँ अन्तर्राष्ट्रिय मानक तत्काल तयार गर्न दक्षिण एसियाली राष्ट्रका सरकारलाई आह्वान गर्ने निर्णय गरेको ।
– राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, महिला गैरसरकारी संस्था महासङ्घ र एभी वुमन संस्थाको संयुक्त आयोजनामा भएको उक्त सम्मेलनले छबुँदे घोषणापत्र जारी गरेको ।
– सम्मेलनले मानव अधिकारको उल्लङ्घन र जनस्वास्थ्य सङ्कटको सबैभन्दा गहिरो प्रभाव महिला र किशोरीमा हुने गरेको कुरा पनि घोषणपत्रमा उजागर गरेको ।
– महिला हिंसा न्यूनीकरण गर्न भइरहेका पहलको प्रभावकारिता सीमित भएको विषय पहिचान गर्दै सम्मेलनले हिंसा सम्बोधन गर्न कानुनी रूपमा विश्वव्यापी रूपरेखा तयार गर्न दक्षिण एसियाली राष्ट्रलाई घोषणापत्रमार्फत आग्रह गरेको ।
– सम्मेलनमा दक्षिण एसियाका ३७ प्रतिशतभन्दा बढी महिलाले आफ्नो जीवनसाथीबाट हिंसा भोगेको तथ्य उजागर गरिएको ।
– सम्मेलनमा बङ्गलादेशमा ७० प्रतिशतभन्दा बढी विवाहित महिला वा किशोरीले कुनै न कुनै रूपमा जीवनसाथी वा घनिष्ठ पुरुष साथीबाट दुव्र्यवहारको सामना गर्नुपरेको र यौन हिंसाको सामना गर्ने झन्डै ९९.१ प्रतिशत भारतीय महिला खुलेर अगाडि आउन नसकेको बताइएको ।
– संयुक्त राष्ट्र जनसङ्ख्या कोषले ४८ प्रतिशत नेपाली महिलाले पनि आफ्नो जीवनमा कुनै न कुनै समयमा हिंसा भोगेको तथ्य उजागर गरेको ।
– त्यस्तै पाकिस्तान महिलाका लागि विश्वको छैटौँ सबैभन्दा खतरनाक देश बनेको र श्रीलङ्कामा हरेक ९० मिनेटमा एक महिला बलात्कृत हुने गरेको ।

६. गायन टेलिभिजन रियालिटी सो नेपाल आइडल सिजन ४ को उपाधि जित्ने प्रतिभा को हुन् ?
 भूपेन्द्र थापा मगर (भैरहवा)
– दर्शकको भोटका आधारमा चार प्रतिस्पर्धीलाई पछाडि पार्दै मगरले उपाधि चुमेका ।
– उपाधि चुमेबापत भूपेन्द्रले ३० लाख रुपियाँ नगद प्राप्त गरेका ।
– झापाका नामगेल तामाङ फस्र्ट र रामेछापका रञ्जित नेपाली सेकेन्ड रनर्सअप भएका ।
– उनीहरूले क्रमशः पाँच लाख र तीन लाख रुपियाँ
प्राप्त गरेका ।

७. सरकारले कुन प्रदेशबाट क्षयरोगमुक्त नेपाल अभियानको सुरुवात गरेको हो ?
 कर्णाली प्रदेश
– सरकारले २०७८ चैत २२ मा सो अभियान थालिएको जनाएको ।
– कर्णाली प्रदेशबाट सुर्खेतको गुर्भाकोट नगरपालिका, दैलेखको दुल्लु नगरपालिका र सल्यानको कपुरकोट गाउँपालिका छनोट गरी क्षयरोगमुक्त नेपाल अभियान थालिएको । यी पालिकाका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई तालिम र प्रशिक्षण दिएर अभियान अगाडि बढाइने भएको ।
– क्षयरोग बढी भएका ३० वटा देशमध्ये नेपाल २२औँ
स्थानमा रहेको ।
– क्षयरोगलाई नियन्त्रण तथा मुक्त गराउन पालिका तहबाट थाल्दा सम्भव हुने सोचका साथ पालिकालाई छनोट गरिएको ।
– नेपालमा अझै पनि ५० प्रतिशत क्षयरोगका बिरामी उपचारको पहुँचसम्म आउन नसकेको पाइएको ।
– देशभरि ३८ वटा पालिकाबाट क्षयरोगमुक्त नेपाल घोषणा अभियानको तयारी गरेकामा कर्णालीबाट मात्रै तीनवटा पालिका छानिएको स्वास्थ्य तथा जनसङ्ख्या
मन्त्रालयले जनाएको ।
– २५ वर्षदेखिको क्षयरोगको तथ्याङ्क केलाउँदा नेपालमा अझै पनि प्रति एक लाख जनसङ्ख्यामा २४५ जना क्षयरोगी फेला पर्ने गरेको ।

८. पाँचौँ नेपाल अन्तर्राष्ट्रिय फिल्म महोत्सव (निफ)मा उत्कृष्ट राष्ट्रिय फिचर फिल्मको अवार्ड कुन चलचित्रले प्राप्त गरेको हो ?
 महानगर
– वि.सं. २०२२ चैतमा सम्पन्न महोत्सवमा उत्कृष्ट अभिनेताका लागि चिसो एस्ट्रेबाट दिव्यदेव, उत्कृष्ट निर्देशनका लागि महानगरबाट मोहन राईले अवार्ड प्राप्त गरेका ।
– त्यस्तै उत्कृष्ट सिनेमेटोग्राफीका लागि चिसो एस्ट्रे फिल्मबाट उज्ज्वल बस्ताकोटी, उत्कृष्ट स्क्रिन प्ले (पटकथा)का लागि महानगर फिल्मबाट मोहन राईले अवार्ड हात पारेका ।
– गौतम बुद्ध अवार्ड ‘नो ग्राउन्ड विनिथ द फिट’ले प्राप्त गरेको ।
– सर्ट फिल्मबाट उत्कृष्ट निर्देशकका लागि वच्चन व्यञ्जनकार, उत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको अवार्ड आइसक्रिमका लागि सङ्गीता श्रेष्ठ, उत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मलाई दिइने बागमती अवार्ड अल–सिटले प्राप्त गरेको ।
– यस्तै उत्कृष्ट एनिमेटेड फिल्म अवार्ड साइमन फिलियोन, उत्कृष्ट डकुमेन्ट्रीको एके शेर्पा अवार्ड गोर्खा गल्र्सका लागि विशाल रोकामगर र माउन्ट एभरेस्ट अवार्ड आउट अफ थिन एयरले प्राप्त गरेको ।
– विभिन्न ३८ देशबाट प्राप्त ८९ फिल्म भौतिक र भर्चुअल माध्यमबाट महोत्सवमा प्रदर्शन गरिएको ।

९. श्रम अदालतको गठन कहिले भएको हो ?
 वि.सं. २०७७ आश्विन २९

१०. नास्टद्वारा बनाइएको पहिलो ह्युमोनोइड एआई रोबोटलाई के नामकरण गरिएको छ ?
 यान्त्रिका (वि.सं. २०७७ कात्तिक)

११. संयुक्त राष्ट्रसङ्घीय लागूऔषधसम्बन्धी आयोगले गाँजालाई हानिकारक लागूऔषधको सूचीबाट कहिले हटाएको हो ?
 सन् २०२० डिसेम्बर २

१२. सरकारले रानाथारू जातिलाई आदिवासी जनजातिको सूचीमा कहिले सूचीकृत गरेको हो ?
 वि.सं. २०७७ जेठ ५

१३. नेपालकै सबैभन्दा ठूलो आकृतिको शङ्ख कहाँ निर्माण गरिएको छ ?
 सल्यान
– छत्रेश्वरी गा.पा.–६ शङ्खमूलमा धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले सो शङ्ख निर्माण गरिएको ।
– शङ्खसँगै पार्कमा शिव–पार्वतीको मूर्ति, पानीको फोहोरा, पौराणिककालको झल्को दिने झुपडी, चौतारालगायतका संरचना निर्माण गरिएको ।
– शङ्खमूल पार्क राप्ती लोकमार्गदेखि करिब चार सय मिटरजति उत्तर पश्चिममा अवस्थित रहेको ।
– शङ्खमूलमा रहेको कुण्डमा महादेव नुहाएर कैलाश जाँदा कुण्डमा नै शङ्ख बिर्सेका कारण उक्त कुण्डको नाम शङ्खमूल रहन गएको धार्मिक विश्वास रहेको ।

१४. बाहुबली झरनाको नामले चिनिने तीनधारे झरना कहाँ पर्दछ ?
 रोशी गा.पा., काभ्रेपलान्चोक

१५. नेपाल कुन अवधिका लागि संयुक्त राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित भएको हो ?
 सन् २०२१–२०२३
– नेपाल सन् २०२० अक्टोबर १३ मा उक्त अवधिका लागि परिषद् सदस्यमा निर्वाचित भएको ।
– यसअघि सन् २०१८ देखि २०२० सम्मका लागि पनि राष्ट्रसङ्घीय मानव अधिकार परिषद् सदस्यमा निर्वाचित भएको थियो ।

१६. नेपाल–चीनबीच पेट्रोलियम खानी अन्वेषण कार्यान्वयन सम्झौता कहिले भएको हो ?
 वि.सं. २०७५ फागुन १६

१७. रूपन्देहीको बुटवल र पाल्पाको दोभानस्थित सिद्धबाबा क्षेत्र समेटी निर्माण गरिएको पार्क कुन हो ?
 रामापिथेकस जियोलोजिकल पार्क

१८. अन्तरव्यवस्थापिका सङ्घ (आईपीयू)को १४४औँ सम्मेलन कहाँ सम्पन्न भयो ?
 इन्डोनेसियाको बाली (सन् २०२२–मार्च २०–२२)
– सम्मेलन अन्तरव्यवस्थापिका सङ्घ तथा इन्डोनेसियाली संसद्को आयोजनामा भएको ।
– विश्वभरबाट एक सयभन्दा बढी देश सहभागी सम्मेलनमा नेपालका तर्फबाट राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना नेतृत्वको नौ सदस्यीय संसदीय प्रतिनिधि मण्डल सहभागी भएको ।
– अध्यक्ष तिमिल्सिनाले सभालाई सम्बोधन गर्दै हरित अर्थतन्त्रतर्फको रूपान्तरणलाई मूर्तरूप दिन सांसदले महìवपूर्ण भूमिका निर्वाह गर्न सक्ने बताउनुभएको । उहाँले जलवायु परिवर्तनविरुद्धको लडाइँमा संसद्, सरकार, निजी क्षेत्र, विकास साझेदार र नागरिक समाजबीच बलियो सम्बन्ध हुनु जरुरी रहेको बताउनुभएको ।

१९. नेपालमा खुला विश्वविद्यालयमार्फत पहिलो पटक कक्षा सञ्चालन कहिलेदेखि सुरु भएको हो ?
 वि.सं. २०७५ जेठ १३

२०. राजारानी ताल धनकुटामा पर्छ भने प्यारा ताल कहाँ पर्छ ?
 कञ्चनपुरको शुक्लाफाँटा क्षेत्रमा

२१. नेपालमा फोटोसहितको निर्वाचन नामावली कहिलेदेखि आएको हो ?
 वि.सं. २०६७ भदौ २८

२२. नेपालमा पहिलो पटक टाइफाइडविरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ कहिले गरियो ?
 वि.सं. २०७८ चैत २४
– प्रधानमन्त्री शेरबहादुर देउवाद्वारा २०७८ चैत २४ मा खोप अभियानको शुभारम्भ गरिएको ।
– भोटाहिटीस्थित दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीद्वारा स्वास्थ्यकर्मीलाई टाइफाइडविरुद्धको खोप हस्तान्तरण गरी अभियानको आरम्भ गरिएको ।
– यही चैत २५ गतेदेखि २०७९ वैशाख १८ गतेसम्म खोप अभियान सञ्चालन गर्न लागिएको ।
– एक तथ्याङ्कअनुसार नेपालमा ८२ हजार ४४९ जना टाइफाइडका बिरामी रहेका । तीमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेर समूहका बालबालिका रहेका ।
प्रस्तुतकर्ता : टङ्क केसी

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?