रूपन्देही समाचारदाता
रुपन्देही, भदौ ८ गते । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बा“स्कोटाले गणतन्त्र खतरामा परेको भन्ने हल्ला निराधार भएको बताउनुभएको छ ।
केही तत्वले गणतन्त्रमाथि प्रहार गर्न खोजेको तर खतरामा पर्ने स्थिति भने नभएको मन्त्री बाँस्कोटाले बताउनुभयो ।
प्रेस संगठन नेपाल रुपन्देहीले आईतबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, ‘यो लादिएको गणतन्त्र होइन, जनताले ल्याएको गणतन्त्र हो, त्यसैले खतरामुक्त छ ।’
केही शक्तिले घमिलो पानीमा माछा मार्ने प्रयास गरेको भए पनि त्यो सफल नहुने उहाँले उल्लेख गर्नुभयो । सानातिना विषयमा भीड तयार गरेर कानुन हातमा लिने प्रयास सफल हुन नसक्ने उहाँको भनाई थियो । उहाँले भन्नुभयो ‘सडकबाट कानुनलाई हातमा लिन चाहने कसैको पनि धृष्टता पूरा हुनेछैन ।’
मन्त्री बा“स्कोटाले सञ्चारमाध्यमहरू समाज र जनताप्रति उत्तरदायी हुनपर्ने बताउनुभयो । सामाजिक संजाल बैधानिक सञ्चारमाध्यम नभएकाले समाजिक संजालको हल्ला र लहडमा लागेर धारणा बनाउन नहुने बताउनुभएको छ ।
उहाँले भन्नुभयो, ‘सोसिल मिडियाले मेनस्ट्रिम मिडियालाई गाइड गर्न सक्दैन, यसर्थ सोसियल मिडिया हेरेर धारणा बनाउनु गलत हो ।’