logo
२०८१ बैशाख १६ आईतवार



नेकपा सचिवालय बैठक जारी

मुख्य समाचार |


नेकपा सचिवालय बैठक जारी


सुरेशकुमार यादव

काठमाडौं भदौ ९ गते । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) को सचिवालयको बैठक पार्टी कार्यालय धुम्बाराहीमा बसिरहेको छ ।

पार्टी एकिकरणको बाँकी काम टुगों लगाउन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बैठक बसिरहेको छ ।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिगांपुर जाँदा पार्टी एकिकरणको बाँकी काम टुंगो लगाउन अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई जिम्मा दिनु भएको थियो ।
यस अघि सचिवालय, स्थायी समिति, केन्द्रीय समिति, प्रदेश, जिल्ला, जनवर्गीय संगठनको टुगों लगाइ केन्द्रीय कार्यसमितिको कार्यविभाजन पनि गरेको छ । सल्लाहकार समिति, प्रवास समिति लगायत विभिन्न आयोगको समायोजन र कार्यविभाजन बाँकी रहेको छ त्यसैमा छलफल चलिरहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?