logo
२०८१ बैशाख १७ सोमवार



सचिवालय वैठकले गरेका मुख्य निर्णाय (सूची सहित )

मुख्य समाचार |


सचिवालय वैठकले गरेका मुख्य निर्णाय (सूची सहित )


सुरेशकुमार यादव,

काठमाडौ भदौं ९ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा कुनै पनि नेता तथा कार्यकर्ताको सार्वजनिक रुपमा व्यक्तिगत आलोचना वा टिक्काटिप्पणी गर्नमा रोक लगाएको छ ।

आज बसेको सचिवालय बैठकले त्यस्तो निर्णय गरेको हो । कसैको बारेमा कुनै टिप्पणी गर्नुपर्ने वा केही भन्नु परे पार्टीमा जानकारी गराएर छलफल गर्ने, यदि सार्वजनिक रुपमा कसैको व्यक्तिगत टिकाटिप्पणी गरे भने स्पाष्टीकरण सोध्नुको साथै आवश्यक कारवाही गर्ने निर्णय भएको पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायाण्काजी श्रेष्ठले जानकारी दिनुभयो ।

साथै बैठकले देवेन्द्र पराजुली, कल्पना धमला, पदम राई र किरण राईलाई केन्द्रीय सदस्य मनोनित गरेको छ । त्यस्तै, राष्ट्रिय सुरक्षा विभागको प्रमुखमा भानुभक्त ढकाल, उपप्रमुखमा रामकुमार राईलाई राखिएको छ । रामकुमार राई यसअघि खोटाङको सहइन्चार्ज हुनुहुन्थ्यो त्यसबाट हटाइएको छ ।

विदेश मामिला विभागको उपप्रमुखमा विष्णु रिजाललाई राखिएको छ । अनुसन्धान विभागको सह-संयोजकमा रमेश हमाललाई राखिएको छ । हमाल यसअघि ललितपुर जिल्लाको सह-इन्चार्ज हुनुहुन्थ्यो । उहाँलाई त्यहाँबाट हटाइएको छ । प्रादेशिक मामिला विभागको उपप्रमुखमा डोरमणी पोखरेललाई राखिएको छ ।

सहकारी तथा गरिबी निवारण विभागको उपप्रमुखमा कमल चौलागाँई राखिएको छ, यसअघि धर्मदत्त देवकोटा हुनुहुन्थ्यो । देवकोटालाई त्यहाँबाट हटाइएको छ ।

कर्णाली प्रदेश सम्पर्क समितिको इन्चार्जमा प्रताप पहाडी, सदुर पश्चिमको इन्चार्जमा निर्माण चौधरी, कैलालीको सह-इन्चार्जबाट विदा हुनुभएको छ ।

अखिल महिला संघको सह-इन्चार्जमा सुनिता थापा, सीता पौडेल, आदिवासी जनजाति महासंघ नेपाल सम्बद्ध संगठनको सहइन्चर्जमा सुरेश आलेमगर, शेरबहादुर तमाङ्लाई राखिएको छ । नेपाल दलित मुक्ति संगठनहरुको सहइन्चार्जमा तिलक परियार, बोमलाल विश्वकर्मा, प्रेस संगठन नेपालको सहइन्चार्जमा महेश्वर दाहाल, जनसाँस्कृतिक नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने सहइन्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्ज जीवन घिमिरे र अजम्बर प्रोग्रेसिभ इन्जिनियर एशोसिएशन नेपालको सहइन्चार्जमा रामकुमारी झाँक्री, सहइन्चार्जमा हिमत कार्कीलाई राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

सुनसरी सहइन्चार्जमा भगवती चौधरी, सिरहाका सहइन्चर्जमा प्रमोद नारायण यादव, पर्साको सहइन्चार्जमा रामचन्द्र साह तेली, कास्कीको सहइन्चार्जमा चुडामणी जंगलीलाई राखिएको छ । उहाँ यसअघि गोरखाको सहइन्चार्ज हुनुुहुुन्थ्यो त्यहाँबाट हटाइएको छ । कैलालीको सहइन्चार्जमा दिपक देवकोटालाई राखिएको छ ।

बैठकले जनवर्गीय संगठनहरुमा सह–इन्चार्ज थप गरेको छ । अखिल महिला संघको सहइन्चार्जमा अमृता थापा, सीता पौडेल, आदिवासी जनजाति महासंघ नेपाल र सम्बद्ध संगठनको सह–इन्चर्जमा सुरेश आलेमगर र शेरबहादुर तमाङ्लाई राखिएको छ ।

नेपाल दलित मुक्ति मोर्चा र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा तिलक परियार र बोमलाल विश्वकर्मा, प्रेस संगठन नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्जमा महेश्वर दाहाल, जनसाँस्कृतिक नेपाल र सम्बद्ध संगठनहरुको इन्चार्जमा केदार न्यौपाने र सहइन्चार्ज खगेन्द्र राई, खेलकुद महासंघ नेपाल र सम्बद्ध संगठनहरुको सहइन्चार्ज जीवन घिमिरे र अजम्बर काङवाङ, प्रोग्रेसिभ इन्जिनियर एशोसिएशन नेपालको सहइन्चार्जमा रामकुमारी झाँक्री, र शिक्षक सम्बद्ध संगठनहरुको सहइन्चार्जमा हिक्मत कार्कीलाई राखिएको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।


सुनसरीको सहइन्चार्जमा भगवती चौधरी, सिरहाको सहइन्चर्जमा प्रमोद नारायण यादव र हरिनारायाण चौधरी, पर्साको सहइन्चार्जमा रामचन्द्र साह तेली, कास्कीको सहइन्चार्जमा चुडामणी जंगलीलाई राखिएको छ । उहाँ यसअघि गोरखाको सहइन्चार्ज हुनुुहुुन्थ्यो त्यहाँबाट हटाइएको छ । कैलालीको सहइन्चार्जमा दिपक देवकोटालाई राखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?