गोरखापत्र अनलाइन
काठमाडौ भदौ १७ गते । सिंगापुरमा उपचार गराइ रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले टेलिप्रिजेन्स प्रविधि मार्फत मंगलबार दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यहरूसँग छलफल गर्नु भएको छ ।
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफ्नो ट्वीट मार्फत प्रधानमन्त्रीले आफ्नो क्याविनेटका सदस्यहरूसंग सरकारका कामको बारेमा छलफल गर्नु भएको जानाउनु भएको छ । नेपाली समय अनुसार १ बजेर १० मिनेटमा सो छलफल शुरु भएको थियो । उहाँले ट्वीटमा छलफल जारी रहेको र सो क्रममा प्रधानमन्त्रिले आफ्नो उपचारबारे जानकारी दिनुहुने र मन्त्रीज्यूहरूले आफ्नो कामकाबारे प्रमलाई अपडेट गर्नुहुने योजना रहेको उल्लेख गर्नु भएको छ । यसअघि यही भदौ ९ गते पहिलो टेलिप्रिजेन्स मार्फत छलफल भएको थियो ।