गोरखापत्र अनलाइन
काठमाडौँ, भदौ २२ गते । चीनका विदेशमन्त्री वाङ ई नेपालको तीनदिने औपचारिक भ्रमणमा आइतबार साँझ राजधानी आईपुग्नु भएको छ । उहाँलाई परराष्ट्र मन्त्रालयका सचिव शङ्करदास बैरागी तथा चीनका लागि नेपाली राजदूत लिलामणि पाैडेल सहितको उच्चस्तरीय टोलीले त्रिभुवन अन्तर्र्रािष्ट्रय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
उहाँल राष्ट्रपति विद्यादेवी भण्डारीसँग आइतबार उहाँको शिष्टाचार भेट हुने छ । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि शिष्टाचार भेट हुने कार्यक्रम रहेको छ । चार वर्षको अन्तरालमा नेपालमा चीनका उच्चस्तरीय नेताको भ्रमण हुन लागेकाले त्यसको सम्पूर्ण तयारीमा उच्चस्तरीय सरकारी निकाय तथा परराष्ट्र मन्त्रालय जुटेको छन् ।
नेपालका आर्थिक विकासमा चीनसँगको साझेदारीका बारेमा सोमबारको द्विपक्षीय छलफल हुने बताइएको छ ।