logo
२०८१ मंसिर ८ शनिवार



चिनियाँ विदेशमन्त्रीको भेटघाटदेखि दृष्यावलोकन तस्बिरमा

प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीकाे शिष्टाचार भेट

मुख्य समाचार |


चिनियाँ विदेशमन्त्रीको भेटघाटदेखि दृष्यावलोकन तस्बिरमा


गोरखापत्र अनलाइन
नेपाल भ्रमणमा रहनु भएका चीनका विदेशमन्त्री वाङ ई सोमबार राजधानीमा विभिन्न भेटघाट वार्ता तथा दृष्यावलोकन जस्ता कार्यमा व्यस्त रहनुभयो ।
उहाँले आजै राष्ट्रपति विद्यादेवी भण्डारी तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गर्नुभयो । त्यस्तै उहाँले परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सहति उच्चस्तरीय प्रतिनिधि मण्डलसँग भेटवार्ता लगत्तै तीनवटा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ विदेशमन्त्री वाङ यीले सोमबार शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा द्विपक्षीय हित र सम्बन्धका विषयमा कुराकानी भएको छ ।

प्रधानमन्त्री ओलीका परराष्ट्र सल्लाहकार डा.राजन भट्टराईले दिनुभएको जानकारी अनुसार, प्रधानमन्त्री ओलीले आफ्नो विगतको चीन भ्रमणमा भएका सहमति स्मरण गर्दै त्यसको कार्यान्वयन गरी नेपाल चीन सम्बन्धलाई अझ सुदृढ गर्दै उचाईमा पुर्याउन आफू प्रतिबद्ध भएको भेटमा बताउनुभएको छ । प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै डा.भट्टराईले भन्नुभयो, “विगतका सहमती अनुसार अघि बढेर जान चाहन्छौं । तपाईंको यो भ्रमणले पनि त्यसतर्फ अघि बढ्नलाई प्रेरित गर्नेछ भन्ने विश्वास छ ।

” प्रधानमन्त्री ओलीले दुई पक्षीय सम्बन्धका विभिन्न पक्षहरु रहेको चर्चा गर्नुभएको थियो । उहाँले भन्नुभयो, “शैक्षिक, सामाजिक, पूर्वाधार विकासलगायत सहयोगका सबै क्षेत्रलाई बिस्तार गर्ने र चीनले नेपाललाई महत्वका साथ हेरेको छ र महत्वका साथ अगाडी बढाउने कुरा जुन गरेको छ त्यसमा नेपाल खुशी व्यक्त गर्दछ ।” प्रधानमन्त्री ओलीले एक चीन नीतिको पक्षमा नेपाल रहेको स्पष्ट पार्नुभएको छ ।

भेटघाटमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपालको भूभाग हाम्रा कुनै पनि छिमेकी र मित्र राष्ट्रका विरुद्धमा प्रयोग गर्न दिदैनौ भन्नेमा हामी दृढ छौं ।” उहाँले चीनबाट उच्च स्तरीय भ्रमण चाँडो होस भन्ने नेपालले चाहेको बताउनुभएको छ । विदेशमन्त्री यीले त्यसतर्फ तयारी भइरहेकोले यो अपेक्षा चाँडै पुरा हुने बताउनुभएको छ । विदेश मन्त्री यीको भनाई उदृत गर्दै डा.भट्टराईले भन्नुभयो, “चीनबाट उच्चस्तरीय भ्रमणको तयारी हँुदैछ । त्यो भ्रमण उपयुक्त समयमा हुने नै छ ।

” प्रधानमन्त्री ओलीलाई चिनीयाँ राष्ट्रपति सि जीङ पिङ र प्रधानमन्त्री लि खच्याङले पठाउनुभएको सुस्वास्थ्य शुभकामना समेत विदेशमन्त्री यीले भेटमा सुनाउनु भएको थियो । प्रधानमन्त्री ओलीले शुभकामनाका लागि धन्यवाद व्यक्त गर्नुभएको छ ।

त्यस्तै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपाल भ्रमणमा रहनुभएका चीनका विदेश मन्त्री वाङ यीले सोमबार शिष्टाचार भेट गर्नुभएको छ । राष्ट्रपति भवन शीतलनिवासमा भएको भेटमा दुई देशबीच रहि आएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रपति भण्डारीले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रही आएको र यस प्रकारको उच्च तहको भ्रमणले बहुआयामिक र जनता जनताबीचको सम्बन्धलाई अझ सुदृढ तुल्याउन मद्दत पुर्याउने विश्वास गर्नुभएको छ ।” सो भेटका अवसरमा नेपाल सरकार तथा चीन सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको

चीनका विदेशमन्त्रीको भ्रमण सम्बन्धी तस्बिरहरू : राजेन्द्र चित्रकार/ विकास द्ववारे/रासस 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?