logo
२०८२ जेष्ठ २६ आईतवार



सुरु हुँदै एकीकरण पदमार्ग

मुख्य समाचार |


सुरु हुँदै एकीकरण पदमार्ग



देवबहादुर कुँवर

काठमाडौँ, भदौ २८ गते । नेपाल एकीकरणको इतिहाससँंग जोडिएका पुराना गढी र किल्लाहरूको संरक्षण तथा सम्बद्र्धन गर्न नेपाली सेनाले उदयपुरको चौदण्डीगढीदेखि बैतडीको अजयमेरुकोटसम्म ‘एकीकरण पदमार्ग’ स्थापना गरेको छ ।
यी गढी तथा किल्लाहरूसँग वीर नेपालीको पहिचान र सेनाको इतिहास जोडिएकाले विभिन्न जिल्लामा रहेका ऐतिहासिक गढी, किल्ला र दरबारलाई जोडेर पदमार्ग स्थापन गरिएको जानकारी सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले दिनुभएको छ ।
उदयपुरको चौदण्डीगढीबाट सुरु भएर उदयपुरगढी, सिन्धुलीगढी, मकवानपुरगढी, चिसापानीगढी, काठमाडौँ उपत्यका, नुवाकोट दरबार, गोरखा दरबार, वारपाककोट दरबार, लमजुङ लिगलिगकोट, तनहुँ, लमजुङ दरबार र कास्कीकोट दरबारसम्म जोडिएको छ । त्यस्तै रूपन्देही जितगढी, पाल्पा दरबार, गुल्मी चरपाला दरबार, अर्घाकोट, सल्यान फालवाङ दरबार, सुर्खेत बयालकाडाकोट, दैलेखको दुल्लु दरबार, अछामको मङ्गलसेन दरबार, जयगढ, बझाङको थालाकोट, डोटीको सिलगढी, डडलेधुराको अमरगढी हँुदै बैतडीको अजयमेरुकोटसम्म पदमार्ग जोडिएको छ ।
पृथ्वीनारायण शाहले नेपालको राष्ट्रिय एकीकरणका क्रममा निर्माण भएका किल्ला तथा त्यसअघिका बाइसे, चौबीसे राजारजौटाका दरबारहरूको संरक्षण गर्न एकीकरण पदमार्ग निर्माण गरिएको हो । यसका लागि सरकारले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरेको छ । सैनिक प्रवक्ता पाण्डेले भन्नुभयो, “प्रत्येक नेपालीलाई आफ्नो इतिहासप्रति गर्व गराउन पदमार्ग निर्माण गरिएको हो । एकीकरण पदमार्ग राष्ट्रिय एकता, सार्वभौमिकता र अखण्डतासँग जोडिएको छ । भावी पुस्ताका लागि पुर्खाले निर्माण गरेको इतिहास प्रेरणाको स्रोत बन्ने गरेको हुन्छ । ”
यसअघि समृद्ध सिन्धुली अभियानले सिन्धुलीगढी, मकवानपुरगढी र उदयपुरगढीको संरक्षणका लागि पदमार्ग निर्माण गर्ने प्रस्ताव अगाडि सारेको थियो । सो प्रस्ताव सेनाका लागि ढुङ्गो खोज्दा देउता मिलेजस्तै बनेको हो । गौरवमय इतिहाससँग जोडिएका पुराताŒिवक सम्पदाहरूको संरक्षण र सम्वद्र्धनमा स्थानीयवासीको सहभागिताले सेनालाई थप हौसला मिलेको चर्चा गर्दै प्रवक्ता पाण्डेले राष्ट्रिय एकता थप बलियो बनाउन पदमार्ग अभियान उपलब्धिमूलक हुने बताउनुभयो ।
नेपालमा सानाठूला किल्ला, गढी र दरबारहरू करिब तीन सयको सङ्ख्यामा रहेको बताइएको छ । ती सबैको संरक्षण र सम्वद्र्धन गर्न तत्काल सम्भव नभए पनि राष्ट्रिय एकीकरणका क्रममा निर्माण गरेका तथा प्रयोग गरेका किल्ला, गढी र दरबारको संरक्षण गर्न पदमार्ग निर्माण गरिएको सेनाले जनाएको छ । नेपाल एकीकरणका क्रममा होस् या अङ्ग्रेजसँगको युद्धका क्रममा निर्माण गरिएका र प्रयोगमा आएका किल्ला र गढीको संरक्षणले नेपालीको वीरतालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगत्सम्म चिनाउन सघाउ पुग्ने अपेक्षा सेनाको छ । प्राचीन दरबार, गढी र किल्लाहरूको इतिहास खोज्नेदेखि संरक्षण र सम्वद्र्धन गर्ने जिम्मेवारी सेनाले लिएको छ । स्थानीय सरकार तथा सामाजिक सङ्घसंस्थासँगको सहकार्यले ऐतिहासिक सम्पदाको संरक्षणमा सहयोग पुग्ने दाबी सेनाको छ ।  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?