रेशु ढकाल
दशैँँ हामी नेपालीहरूको ठूलो पर्व हो । यसको आफ्नै मौलिक र ऐतिहासिक महत्त्व छ। कतिपय सांस्कृतिक पक्षलाई एक पुस्तादेखि अर्काे पुस्तासम्म जस्ताको तस्तै हस्तान्तरण गर्नका लागि पनि यसलाई अझै विशेष तरिकाले मनाउने गरिन्छ । यस्तै हाम्रा पर्वहरूको मौलिकतामा दशैँंसँग जोडिएका धेरै कुराले हामीलाई मनमा सकारात्मक ऊर्जा र भावना जगाउन सहयोग गर्छ । दशैँको मुख्य महत्त्व टीका र जमरा नै हो । यसको पनि आफ्नै सांस्कृतिक महìव छ । आफूभन्दा ठूलाको हातबाट हामीले टीका र जमरा लगाएर आशिष लिन्छौँ । उहाँहरूले हामीलाई किन यति लामो आशिष दिनुहुन्छ होला । हामीमध्ये धेरैलाई थाहा नहुन पनि सक्छ । हामीले अब त्यो पनि बुझेर दशैँंमा टीका लगायौँ भने अझ दशैँंको महत्त्व बढी लाग्छ ।
आयु द्रोणसुते श्रीयो दशरथे शत्रुक्षयं राघवे ।
ऐश्वर्यं नहुषे गतिश्च पवने मानञ्च र्दुयोधने ।
दानं सूर्यसुते बलं हलधरे सत्यञ्च कुन्तीसुते ।
विज्ञानं विदुरे भवन्तु भवतां कीर्तिश्च नारायणे ।।
टीका लगाउँदा घरमा हजुरबा हजुरआमा हुनुहुन्छ भने पहिला टीका लगाउन सुरु गर्नुहुन्छ र हामीलाई यसरी आशिष दिनुहुन्छ । यस्तो आशिष अन्य चाडपर्वमा टीका लगाउँदा हामीले सुन्दैनौँ । दशैँंको दिन मात्र यो आशिषको महìव छ । हाम्रो धर्मशास्त्रअनुसार दशैँंमा दिइने आशिषको अर्थ हुने रहेछ । द्रोणपुत्र अस्वत्थामाको जस्तो दीर्घायु, दशरथ राजाको जस्तो श्रीसम्पत्ति प्राप्त होस्, भगवान् रामको जस्तो शत्रु नाश होस्, नहुष राजाको जस्तो ऐश्वर्य आराम प्राप्त होस्, पवनपुत्र हनुमानको जस्तो वीर र शक्तिशाली होस्, दुर्याेधनको जस्तो मान र कीर्ति होस्, सूर्यपुत्र कर्णको जस्तो दानवीरता होस्, हलधर बलरामको जस्तो बल, कुन्तीपुत्र युधिष्ठिरको जस्तो सत्यवादिता, विदुरको जस्तो ज्ञान र भगवान् नारायणको जस्तो कीर्ति तपाईंलाई प्राप्त होस् भन्ने हो । अब त थाहा भयो होला नि कति धेरै सकारात्मक भाव र ऊर्जाशील शब्दहरू हुने रहेछ दशैँको आशिषमा । जब मेरो हजुरबाबाले दशैँंको आशिषबारे भन्नुभयो । मलाई पनि दशैँंको धेरै महìव लाग्यो । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि पनि टीका लगाइने रहेछ । रातो रङ शान्ति, ऊर्जा र समृद्धिको प्रतीक पनि हो । विशेष मन्त्र र आराधनाले हर्ष र उमङ्गका साथ रातो टीका लगाउँदा टीकाले मन, मस्तिष्क र विचारलाई ऊर्जावान् बनाउँछ । त्यसैले दशैँको टीका हाम्रो हर्ष, उमङ्ग र खुशीको प्रतीक हो ।
यस्तै टीकासँगै लगाइने जमरालाई पनि हिन्दु धर्ममा शुभ अर्थात् सगुन मानिन्छ । विधिपूर्वक मन्त्रहरूले पवित्र बनाएको जमरा लगाउँदा शुभ हुने विश्वासले कानमा सिउरिने गरिन्छ । यसको पनि आफ्नै खाले महìव छ । यस्ता ज्ञानगुनका कुरा हामीले साना बालबालिकालाई पनि सिकाउन जरुरी छ । दशैँंको लामो बिदामा हामीले दशैँका धेरै कुरा खेलखेलमै सिकाएर उनीहरूलाई पनि रमाइलो अनुभव गराइदिन सक्छौँ ।
मुना असोज २०७६