logo
२०८१ मंसिर ९ आईतवार

  फाेटाे फिचर सहित 



बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १० पुग्याे, ३० भन्दा बढी यात्रु रहेकाे अनुमान

मुख्य समाचार |


बस दुर्घटनामा  मृत्यु हुनेकाे संख्या १० पुग्याे,  ३० भन्दा बढी यात्रु रहेकाे अनुमान
तस्बिर साैजन्य : हाेमप्रसाद चाैलागाइँ


मेलम्ची, असोज २४ गते । सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–१० भोटसिपास्थित बडहरे चोकमा बस दुर्घटना हुँदा  मृत्यु हुनेकाे संख्या १० पुगेकाे छ । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चाेका डीएसपी माधब काफ्लेका अनुसार पाँच जनाकाे घटनास्थलमा र पाँच जनाकाे उचारका लागि लाने क्रममा मृत्यु भएकाे हाे  । इन्द्रावती गाउँपालिका–९ सिपाटारबाट काठमाडौँका लागि छुटेको हेलम्बु यातायातको बा२ख २७१५ नंको बस आज बिहान सडकबाट २०० मिटर तल खसेकाे थियाे । बसमा पचासभन्दा बढी घाइते रहेको स्थानीयवासी राजेन्द्र आचार्यले जानकारी दिनुभयो ।

क्षतिको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक  काफ्लेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनाको प्रकृतिले थप क्षति भएको हुन सक्ने देखिन्छ । थप विवरण आउन बाँकी रहेको प्रहरी नायब उपरीक्षक काफ्लेले जानकारी दिनुभयो । स्थानीयवासी आचार्यका अनुसार दुर्घटना भएको बसले यात्रुलाई अझै थिचिरहेकाले मृत्यु हुनेको सङ्ख्या बढ्न सक्नेछ । स्काभेटर ल्याएर उद्धार गर्न लागिएको उहाँले जानकारी दिनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?