दीपक श्रेष्ठ
काठमाडौँ, असोज २७ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले जनगणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको बताउनुभएको छ ।
राष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ, “हाम्रो निकट छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका महामहिम राष्ट्रपति सी चिनफिङको ऐतिहासिक राजकीय भ्रमणबाट नेपाल र चीनबीचको अटल र सुदृढ सम्बन्ध नयाँ युगमा प्रवेश गरेको छ । ” उहाँले भन्नुभएको छ, “राष्ट्रपति सीले नेपाल र नेपालीप्रति दर्शाउनुभएको अपार सद्भावका लागि हार्दिक कृतज्ञता ज्ञापन गर्दछु । ”
त्यसैगरी प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सीको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा ट्विट गर्दै भन्नुभएको छ, “मित्रराष्ट्र जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको दुई दिवसीय ऐतिहासिक नेपाल भ्रमण भव्य रूपमा सम्पन्न भएको छ । उहाँको भ्रमणबाट दुई देशबीचको सम्बन्धले नयाँ उचाइ र गतिशीलता प्राप्त गरेको छ । ” उहाँले चिनियाँ भाषामा समेत ट्विट गर्दै राष्ट्रपति सीको नेपाल भ्रमण ऐतिहासिक रहेको बताउनुभएको छ । उहाँले ट्विटमा भन्नुभएको छ, “नेपाल भ्रमण गरी नेपाल र नेपाली जनताप्रति देखाउनुभएको सद्भाव र सदिच्छाका लागि सीप्रति आभार व्यक्त गर्दछु । ”
उहाँले भन्नुभएको छ, “भ्रमणलाई अभूतपूर्व रूपमा सफल पार्न लागिपर्नुहुने सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । ”
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणका अवसरमा ऐतिहासिक महŒव राख्ने सहमतिहरू भएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत विगतमा कहिल्यै समस्या नपरेको दुई देश (नेपाल–चीन) बीचको मित्रतालाई परिवर्तित सन्दर्भमा निरन्तरता दिने र त्यसलाई नयाँ उचाइ दिने काम भएको स्पष्ट पार्नुभएको छ ।
उहाँले सहयोगसम्बन्धी नयाँ समझदारीले ऐतिहासिक र युगीन अध्याय प्रारम्भ भएको बताउनुभएको छ । उहाँले भन्नुभएको छ, “अब साहसिक पहलकदमी, व्यवस्थित योजना र एकताबद्ध प्रयत्नको आवश्यकता छ । हामी सबै यही दिशामा अगाडि बढ्नु आवश्यक छ । ”
त्यस्तै परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रपति सी चिनफिङको भ्रमणका अवसरमा व्यक्त सद्भाव, आत्मीयता र नेपालको विकासमा व्यक्त निरन्तर सहयोगको प्रतिबद्धताका लागि सीप्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ ।
उहाँले भ्रमणलाई भव्य पार्न सहयोग गर्नुहुने सबैलाई सामाजिक सञ्जालमार्फत धन्यवादसमेत ज्ञापन गर्नुभएको छ ।
यस्तै पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले चीनका राष्ट्रपतिको नेपाल भ्रमण असाधारण महŒवको रहेको बताउनुभएको छ ।
“मुख्य चार परिस्थितिको अवस्थामा राष्ट्रपति सीको नेपाल भ्रमणले निकै महŒव राखेको छ”, गोरखापत्र दैनिकसँग कुराकानी गर्दै श्रेष्ठले भन्नुभयो, “विश्वको बदलिँदो परिवेश, नेपालमा बदलिएको परिस्थिति, विश्व नयाँ शक्तिका रूपमा चीन उदाएको अवस्था र माओपछि शक्तिशाली चिनियाँ नेताको रूपमा सी स्थापित भएको अवस्थामा राष्ट्रपति सीको नेपाल भ्रमण असाधारण महŒवको छ । ”
उहाँले राष्ट्रपति सीको भ्रमणले नेपाल–चीनबीच रहेको समस्यारहित सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभयो । उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सहयोग पु¥याउने प्रतिबद्धता राष्ट्रपति सीबाट आएको हो, यसले नेपालको अहिलेको
विकासमा अझै सहयोग पुग्ने विश्वास भ्रमणले दिलाएको छ । ”
यस्तै चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले नेपाल–चीन सम्बन्ध विस्तारमा नयाँ युग सुरुआत भएको बताउनुभएको छ । उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको प्रतिष्ठा बढाएको छ । नेपाल–चीन सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्दै सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको छ । सम्बन्ध विस्तारमा नयाँ युग सुरुआत भएको छ । ” उहाँले लामो समयपछि चीनबाट भएको यो उच्चस्तरीय भ्रमणले ऐतिहासिक अवसरसमेत प्राप्त भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “यसले नेपालको विकासका नयाँ सम्भावनाको ढोका खोलेको छ । नेपाली जनताको विकासको आकाङ्क्षा पूरा गर्न चीन ठूलो सहयोगीका रूपमा अगाडि आएको छ । यो नेपालका लागि महŒवपूर्ण उपलब्धिका रूपमा लिनुपर्छ । ” उहाँले यस्ता उच्चस्तरीय भ्रमणका क्रममा प्राप्त हुने सहयोग तथा अनुदानका आधारमा पनि भ्रमणलाई सफल र असफल भनेर हेरिने नेपाली मानसिकता रहेको चर्चा गर्दै भन्नुभयो, “त्यस हिसाबले पनि नेपालले पूर्वाधार विकासका क्षेत्रमा महŒवपूर्ण सहयोग प्राप्त गरेको छ । बहुपक्षीय समझदारी र सहयोगमा हस्ताक्षर भएको छ । ”
यसैगरी पूर्वपरराष्ट्रमन्त्री प्रकाशशरण महतले लामो समयपछि छिमेकी मुलुक चीनबाट उच्चस्तरीय भ्रमण हुनु निकै राम्रो पक्ष भएको बताउनुभयो । उहाँले भन्नुभयो, “चिनियाँहरूको सोच र योजनामा व्यवहारवादी दृष्टि हुन्छ । सुरुङमार्गलगायत पूर्वाधार विकासका क्षेत्रमा भएका सहमतिहरू नेपालको विकासका लागि महŒवपूर्ण छन् । ” उहाँले नेपालका तर्फबाट चाहिनेभन्दा बढी अपेक्षा राखिएको प्रतिक्रिया दिँदै भएका सहमतिको कार्यान्वयन कस्तो हुन्छ ? सहयोग के कसरी र कस्ता सर्तहरूमा प्राप्त हुन्छ ? त्यो हेर्न बाँकी रहेको बताउनुभयो । उहाँले चीनसँगको नेपालको व्यापार घाटाका विषयमा छलफल हुन नसकेको प्रतिक्रिया दिनुभयो ।
उहाँले भन्नुभयो, “चीनसँगको नेपालको व्यापार घाटाका विषयमा केही छलफल भएजस्तो लागेन । चीनसँग नेपालको व्यापार घाटा ठूलो छ । नेपाली व्यापारीले शून्य भन्सार सुविधा प्राप्त गर्नेजस्ता विषयमा केही कुरा आएन । ” उहाँले ‘रोड कनेक्टिभिटी’का विषयमा भएका सहमति निकै राम्रो पक्ष रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “मुलुकको विकास नेपालीले नै गर्ने हो । यसमा छिमेकी र हितैषी राष्ट्रले सहयोग गर्ने हो । त्यस हिसाबले चीनबाट प्राप्त सहयोगमा नेपालीको मेहनत, कार्यान्वयनमा पारदर्शी र क्रियाशीलताले उपलब्धि हासिल गर्न सकिन्छ । त्यसमा आयोजना छनोट सही हुनुपर्छ । कम ब्याजदर र लामो अवधिको ऋण सहयोग भएमा नेपालको समृद्धिमा सहयोग पुग्छ । ”