logo
२०८१ मंसिर ९ आईतवार



जलवायु परिवर्तनको प्रभाव: खाद्यान्न सङ्कट

मुख्य समाचार |


जलवायु परिवर्तनको प्रभाव:  खाद्यान्न सङ्कट



गोरखापत्र समाचारदाता

काठमाडौँ, असोज ३० गते । विश्व भोकमरी सूचाङ्कमा नेपाल ७३औँ स्थानमा परेको छ । जबकी अघिल्लो वर्ष ७२औँ स्थानमा थियो । ग्लोबल हङ्गर इन्डेक्सका अनुसार ११७ देश सम्मिलित सूचाङ्कमा नेपाल उक्त सूचीमा परेको हो ।
उक्त सूचीअनुसार दक्षिण एसियालीमा नेपाल राम्रो स्थितिमा छ । भारत यो सूचीमा १०२ स्थानमा परेको छ । दक्षिण एसियाली मुलुकमा भोकमरीमा नेपालको भन्दा श्रीलङ्काको स्थिति राम्रो छ । जुन सूचाङ्कमा श्रीलङ्का ६६औँ स्थानमा रहेको छ ।
सो सूचीमा अफगानिस्तान, पाकिस्तान, बङ्गलादेश, नेपालभन्दा पछाडि परेका छन् । यो सूची अनुसार अफगानिस्तान १०८ पाकिस्तान ९४, बंगलादेश ८८औँ स्थानमा पुगेको छ । भुटान र माल्दिभ्स भने सूचीमा समावेश छैनन् । यो सूचीको पहिलो नम्बरमा बेलारुस रहँदा सूचीको अन्तिममा सेन्ट्रल अफ्रिकन रिपब्लिक रहेको छ । यो सूची तयार गर्दा कुपोषित बालबालिकाको सङ्ख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनुलगायतका कुरालाई समेटिन्छ ।
ग्लोबल हङ्गर इन्डेक्समा नेपालले पछिल्लो दुई दशकयता निरन्तर सुधार देखाएको छ । तथ्याङ्क अनुसार सन् २००० मा ३६ दशमलव आठ अङ्क पाएको नेपालले सन् २००५ मा ३१ दशमलव ३ अङ्कमा झारेको थियो । सन् २०१० मा २४ दशमलव ४ अङ्क प्राप्त गरेको नेपालले सन् २०१९ मा आइपुग्दा सुधार गर्दै अङ्क २० दशमलव ८ मा झारिसकेको छ ।
सूचीका अनुसार देशलाई विभिन्न पाँच वर्गमा विभाजित गरी भोकमरीको अवस्थाबारे चित्रण गरिएको छ । सय पूर्णाङ्कलाई आधार मानेर शून्यदेखि ९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भोकमरीको अवस्था न्यून रहेको मानिएको छ ।
यस्तै, १० देखि १९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा मध्यमस्तरको भोकमरी र २० देखि ३४ दशमलव नौ लाई गम्भीर प्रकृतिको भोकमरीका रूपमा अर्थयाइएको छ ।
३५ देखि ४९ दशमलव ९ अङ्क प्राप्त गर्ने मुलुकमा भयावह तथा ५० अङ्कभन्दा माथि प्राप्त गर्ने मुलुकमा भने भोकमरीको स्थिति अति भयावह भनेर चित्रण गरिएको छ । यसमा नेपालले २० दशमलव ८ अङ्क प्राप्त गरेको छ, जुन मध्यमस्तरको भोकमरीभन्दा थोरै माथि हो ।
नेपालसहित विश्वभर विश्व खाद्य दिवस मनाइँदैछ । हरेक वर्षको अक्टोबर १६ को दिन विश्वभरि खाद्यान्न सङ्कट र भोकमरीकाविरुद्ध ऐक्यबद्ध भई लड्नका लागि विश्व खाद्य दिवस मनाउने गरिन्छ । विश्व खाद्यान्न तथा कृषि सङ्गठन (एफएओ) का अनुसार जलवायु परिवर्तनले निम्त्याएको सबैभन्दा ठूलो चुनौती भनेको खाद्यान्न सङ्कट हो ।
सन् १९६० को दशकमा नेपाल चामल निर्यात गर्ने छैटौँ देशमा पथ्र्यो तर अहिले नेपालमा हाम्रो अवस्था ठ्याक्कै उल्टो छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?