logo
२०८१ मंसिर ९ आईतवार



राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट 

मुख्य समाचार |


राष्ट्रपति भण्डारीसँग म्यान्माली सेना प्रमुखको भेट 
म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहीबार भेटवार्ता गर्नुहुँदै म्यान्मा गणतन्त्र सङ्घका सेना प्रमुख । तस्बिरः श्याम रिमाल


  
श्याम रिमाल

म्यान्मा, असोज ३० गते । राष्ट्रपति विद्यादेवी भण्डारीसँग म्यान्माका सेना प्रमुख मिन आङ ह्यलिङलेले आज अपराह्न राजधानी नेपितमा शिष्टाचार भेट गर्नुभएको छ ।    

सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र सचिव शङ्करदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव डा हरि पौडेल, राष्ट्रपतिका प्रमुख स्वकीय सचिव डा भेषराज अधिकारी, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका उच्चपदस्थ अधिकारी, नेपालका लागि म्यान्माका राजदूत भीमकृष्ण उदासलगायत हुनुहुन्थ्यो ।

राष्ट्रपति भण्डारी असोज २९ देखि कात्तिक ३ गतेसम्मका लागि म्यान्माको राजकीय भ्रमणमा हुनुहुन्छ ।

म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीलाई बिहीबार प्रेसिडेन्सियल हाउसको परिसरमा म्यान्माको सेनाले प्रदान गरेको सम्मान गारद (‘गार्ड अफ अनर’) ग्रहण गर्दै ।

 

म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्मा गणतन्त्र सङ्घका राष्ट्रपति विन मिन्त बिहीबार प्रेसिडेन्सियल हाउसमा भेटवार्ता गर्नुहुँदै ।

 

म्यान्माको राजकीय भ्रमणमा रहनुभएका राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीलाई उपहार प्रदान गर्नुहुँदै। तस्बिरः श्याम रिमाल

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?