मधुसुधन तिमल्सिना
काभ्रे, कात्तिक ६ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिमा अपराधिकरण र भष्ट्रिकरण स्वीकार्य हुन नसक्ने बताउनुभएको छ । पछिल्लो समय मुलुकमा राजनीतिक नेताले गलत गरेका कारण कानुनी दायरामा ल्याएको प्रति लक्षित गर्नुहुँदै - गलत गर्ने ढिला चाडो कानुनी कठघरमा आउने छन् - उहाँले भन्नुभयो ।
हामीले राजनीतिकमा अपराधिकरणलाई स्थान दिन हुँदैन, जनताको सुरक्षा गर्छु भनेर आएको जनप्रतिनिधि नै अपराध गर्छ भने जनताले के सोच्ने ? कसैले महिला माथि झम्टेको छ, कसैले गाउँले माथी झम्टेको छ । यस्तो पनि हुन्छ राजनीतिमा । यस्ता नथुनिए को थुनिन्छ ? - मन्त्री बाँस्कोटाले भन्नुभयो । उहाँले गलत गर्नलाई जनताले लडेर ल्याएको लोकतान्त्रिक विधिको शासन अनुसार कारवाही हुने कुरामा जोड दिनुभयो ।
बनेपामा लायन्स हार्ट क्लिनिक सञ्चालकालागि आयोजित कार्यक्रममा मन्त्री बाँस्कोटाले आफूले यसका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । तपाईहरुले भावी पुस्ताहरुका लागि राम्रो सोचका साथ काम सुरुवात गर्नुभएको छ, यसका म सहयोग गर्न तयार रहेको छु । तर अझ तपाईहरुले दुरदराजका जनतालाई लक्षित गरेर कार्यक्रम गर्नुहोस् - उहाँले भन्नुभयो ।
लायन्स क्लव अफ बनेपा-काभ्रेले यस भेगका स्थानीयलाई लक्षित गरी हार्ट क्लिनिक सञ्चालनमा ल्याउने लायन्स हार्ट क्लिनिक परियोजनाका संयोजक रामराजा धौभडेलले जानकारी दिनुभयो । स्थानीय तथा अन्र्तराष्ट्रिय संघसंस्थाको सहयोगमा अत्याधुनिक प्रविधिको मेसिन सहित वरिष्ठ डाक्टरहरुको व्यवस्था रहेन धौभडेलले जानकारी दिनुभयो । कार्यक्रमका जिल्ला समन्वय प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादेले उक्त कामका सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो ।