चाँदनी हमाल
चितवन, कात्तिक ८ गते । चितवन अन्नपूर्ण भूपरिधि क्षेत्रमा सर्प, भ्यागुता र छेपाराको बासस्थानका सर्वेक्षण भइरहेको छ । सरिसर्प वर्गको मझौला तथा साना जीवजन्तुमा पर्ने सर्प, भ्यागुता र छेपाराको वास्तविक अवस्थिति पत्ता लगाउने विशेष अध्ययन गर्ने आधार तयार पार्न सर्वेक्षण सुरु गरिएको राष्ट्रिय प्रकृति संरक्षण कोषले जनाएको छ ।
कोषको अगुवाइमा भइरहेको सर्वेक्षणले दिने आधारकै भरमा सर्प, भ्यागुता र छेपाराको वास्तविक सङ्ख्या पत्ता लगाउन अर्को अध्ययन हुने सर्वेक्षण संयोजक सन्तोष भट्टराईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “चितवन अन्नपूर्ण भूपरिधि क्षेत्र वन्यजन्तुका लागि मुख्य करिडोर नै मानिन्छ, यी क्षेत्रमा जलवायु परिवर्तनको असर कस्तो परेको छ र त्यसले सरिसर्पका साना प्रजातिमा प्रभाव कस्तो छ भनेर अध्ययनले पत्ता लगाउने छ ।”
उहाँका अनुसार जसरी यी क्षेत्रमा विचरण गर्ने बाघ, गैँडा, हात्तीको महìव छ, त्यसरी नै साना सरिसर्पको अवस्थिति पनि महìवपूर्ण छ । सरिसर्प वर्ग केही समय पानीमा र केही समय जमि(नमा बस्छ । त्यसैले जमिन र पानीको सन्तुलनमा थोरै पनि गडबड भएको खण्डमा यिनको जीवनचक्रमा नै असर पर्ने उहाँ बत(ाउनुहुन्छ ।
सन्तुलित अवस्थितिको बेलैमा अनुमान लगाएर संरक्षणमा थप टेवा पु¥याउन अध्ययनले सघाउने भट्टराईले जानकारी दिनुभयो । यस क्षेत्रअन्तर्गत कालीगण्डकी नदीभित्र परेका विभिन्न जिल्ला चितवन, नवलपरासी, कास्की, जोमसोम, पर्वत, तनहुँ, म्याग्दी, मुस्ताङ आसपासका क्षेत्र पर्छन् । भट्टराईसहित अध्येताहरू शिवराज महतो, विकुप्रसाद चौधरीसहित पाँच जनाको टोली यतिबेला कास्कीका ल्वाङ क्षेत्रको अध्ययनमा व्यस्त हुनुहुन्छ ।दुई महिनाअघि सुरु भएको अध्ययनका क्रममा जलवायु परिवर्तनसँगै मानवीय अतिक्रमणले यी प्रजातिमा परेको सकसको अवस्थिति पनि हेरिएको भट्टराईले बताउनुभयो । बाघले नखाने वर्ग तर साना कीटपतङ्ग खाएर सन्तुलन कायम गर्न सघाउने मुख्य भूमिका सर्प, भ्यागुता र छेपाराले निर्वाह गर्छ ।
संरक्षण जरुरी
सर्पले भ्यागुता र छेपारो खान्छ । भ्यागुताले फट्ङ्ग्रा र अन्य कीरा खान्छ । छेपाराले किसानका बालीका साना कीरा उन्मूलन गर्ने अध्येता करण शाहले बताउनुभयो । “त्यसैले खाद्यचक्रमै यिनीहरूको भूमिका प्रकृति सन्तुलन राख्नमा ठूलो छ,” शाहले भन्नुभयो, “अधिकांश मांसाहारी रहेकाले बढेका साना कीटपतङ्गको सङ्ख्या सन्तुलनमा राख्न पनि सघाउँछ ।”
अन्नपातका हानिकारक जीव र कीरा व्यवस्थापनमा मानिसलाई सघाउने गर्छ । उहाँका अनुसार भ्यागुताका केही प्रजाति औषधिका रूपमा समेत प्रयोग हुने भएकाले अझ महìवपूर्ण मानिन्छ । “विदेशमा कानुनी रूपमै भ्यागुताको खेती हुने गरेको पाइन्छ तर नेपालमा यसको महìव बुझ्न अझै सकिएको छैन,” उहाँले थप्नुभयो, “मेरुदण्ड भएको शरीरको संरचनाको अध्ययन नै भ्य(ागुतामार्फत आधुनिक जमानामा हुन थालिसकेको छ ।”
उहाँले भन्नुभएझैँ चीन, मलेसिया लगायतका देशमा भ्यागुता खानाको परिकार तथा औषधिका लागि प्रयोग गर्ने गरिन्छ । राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्येता भट्टराईका अनुसार आयु छोटो हुने भ्यागुताको नयाँ पुस्ता करिब ४५ दिनभित्र तयार हुन्छ । त्यसरी उत्पादन हुने भ्यागुताबाट औषधीय क्षेत्रको परीक्षणमा नेपालले राम्रो फाइदा लिनसक्छ ।
औषधि उत्पादनमा देशलाई आत्मनिर्भर बनाउने र नयाँ औषधिको विकास गर्ने सरकारी लक्ष्य पूरा गर्न भ्यागुता निकै सहायक हुनसक्ने भएकाले त्यसतर्फ ध्यान दिनुपर्नेमा उहाँ जोड दिनुहुन्छ । छेपारोको अवस्थिति जङ्गल र बुट्यान मासिँदै गएकाले थप अध्ययन हुनु जरुरी रहेको अर्का अध्येता शाहले औँल्याउनुभयो ।
“ठूला प्राणीको संरक्षणमा प्राथमिकता दिएजस्तै यिनका लागि पनि दिनुपर्छ,” उहाँ थप्नुहुन्छ, “अण्डा मात्र खाने एक सर्प चितवनमा भेटिएको थियो, थप अध्ययन हुँदा त्यसको संरक्षण गर्न सहज हुन्थ्यो कि ।” यस प्रजातिका सर्प नेपालमा अन्यत्र भेटिएको छैन । भारतमा भेटिन्थ्यो । छेपाराकै पनि राम्रो अध्ययनमा नयाँ प्रजाति र यिनको जीवनमा आएका सकारात्मक नकारात्मक परिवर्तन थाहा हुने दाबी शाह गर्नुहुन्छ । गएको वर्षमात्रै नयाँ माउसुली अध्येताले पत्ता लगाएका थिए ।
सर्प र भ्यागुता नेपाली संस्कृतिमा वर्षा र सहकालसँग जोडिएका धार्मिक प्राणी पनि हुन्् । वर्षा ल्याउन नागपञ्चमीमा नागको र असार साउनमा भ्यागुताको पूजा गर्ने चलन नेपाली समाजमा छ । यिनको संरक्षण र प्रवद्र्धनमा समुदायसँग हातेमालो गरेर अगाडि बढ्ने धेरै सम्भावना रहेको उहाँ बताउनुुहुन्छ ।