अमरराज नहर्की :तनहुँ समाचारदाता
तनहुँ, कात्तिक १५ गते । बालुवामा सुन खोजेर जीवनयापन गर्ने तनहुँको व्यास नगरपालिका १० कुमलटारीका ६४ वर्षीय हर्कबहादुर वोटे यति वेला तनावमा हुुनुहुन्छ । बालुवामा सुन भेट्न कठिन भएकाले परिवार कसरी पाल्ने भन्ने चिन्ता हर्कबहादुरमा रहेको छ । उहाँ जस्तै कुमालटारीका २६ घर परिवार वोटेमा समस्यामा परेका छन् ।
सिमान्तकृत बोटे समुदायहरुको बालुवामा सुन खोज्ने पूख्र्यौली पेशा हो । श्रीमान् हर्कसँगै त्रिशुली नदीमा सुन खोजिरहनु भएकी विबा बोटे नदीमा यस वर्ष बाढी कम आएकोले सुन कम भेटिएको अनुभव सुनाउनुभयो । ठुलो बाढी आउँदा सुन खानीमा धेरै धक्का लागेर सुन बढी पाईन्छ विबाले भन्नुभयो,यसपाली बाढी आउने वर्षा थोरै भएकोले सुन भेट्याउन मुस्किल परेको छ ।’ काम गर्न सक्नेहरु ओढ्ने ओछ्याउने र पकाउने भाडा,कुडाका गुन्टाहरु बोकेर नदी किनारमा नै पाल टाँगेर वसेर सुन खोज्ने काम गछन भने नसक्ने बुढाबुढी र केटाकेटीलाई भने घरमा छाडेर बोटेहरु सुन खोज्न जाने गर्छन् ।
गत वर्ष ६ महिनामा दुईतोला सुन जम्मा गरेर विक्री गरेको तर यसपटक भने आधा तोला पनि पु¥याउन पनि मुस्किल हुने अनुमान सुकवहादुर वोटेको छ । क्रसर उद्योगले नदी किनारमा थुप्रिएका बालुवा उठाईदिने गरेकाले सुन पाउन कठिन भएको सुकबहादुर बताउनुहुन्छ । ‘सुन भेट्न मुस्किल भएकाले दशैं र तिहार मान्दा लागेको ऋण कसरी तिर्ने भन्ने चिन्ता लागेको छ , सुकबहादुरले भन्नुभयो ।’
सन्तवहादुर वोटेको भनाई पनि सुक बहादुरको जस्तै छ । दशंै र तिहारमा मासु, नुन,तेल र छोराछोरीको लत्ता, कपडा,किन्दा लागेको ऋण तिर्न गा¥हो भएको बताउनुहुन्छ । व्यास नगरपालिका १० कुमालटारीमा रहेका अधिकांश वोटे घर परिवार गर्मी समयमा खेती किसानी गर्ने र हिउँद लागेपछि नदीमा सुन खोजेर जिविकोपार्जन गर्दै आएका छन । बोटे समुदायमा दमौली, मुग्लिनका साहु कहाँवाट ऋण खोजेर ल्याई दशै मान्ने र पछि नदि किनारवाट सुन खोजेर ऋण तिर्ने प्रचलन रहदै आएको छ । जीवन धान्न असोज देखि वैशाखसम्म डुड, पार्टी, चनौटो जस्ता सुन चाल्ने सामान लिएर वोटेहरु नदी किनारमा धाउने गगजान लागेको स्थानीय जितवहादुर वोटेले जानकारी दिनुभयो ।
कुमालटारीमा रहेको २६ घर वोटे मध्ये अधिकांश वोटेहरुले सुन चाल्ने पेशालाई निरन्तरता दिएको जानकारी उहाँले दिनुभयो । वोटेहरु त्रिशुली, म¥याङ्दी वुढीगण्डकी,काली गण्डकी, दरौदी नदी किनारमा रहेको बालुवा चालेर सुन निकाल्ने गर्छन् । सुनकोशी, कर्णाली, महाकाली जस्ता नदीमा सुन प्रशस्त पाईने र त्यता जान खर्च बढी लाग्ने हुँदा नगएको उनिहरु बताउँछन् । कुमालटारीमा करीव ५० घर परिवार पाखे बोटे र पानी वोटे वसोबास गर्छन् । पाखे बोटेले माछा मारेर जीवन गुर्जाने गर्छन् भने पानी बोटेले बालुवा खुन खोजेर जीवन चलाउँछन् ।