logo
२०८१ मंसिर ११ मंगलवार



कालापानी सीमा विवाद: हामीसँग बलिया प्रमाण छन्

मुख्य समाचार |


कालापानी सीमा विवाद:  हामीसँग बलिया प्रमाण छन्



गोरखापत्र समाचारदाता

काठमाडौँ, कात्तिक २५ गते । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले लिम्पियाधुराबाट आएको काली नदी नै नेपाल र भारतको सिमाना भएको बताउनुभएको छ । पूर्वप्रधानमन्त्री खनालले सुगौली सन्धिले काली नदीलाई स्पष्ट रूपमा सिमाना किटान गरेको चर्चा गर्दै लिम्पियाधुरा नै काली नदीको मूलप्रवाह भएको स्पष्ट पार्नुभयो ।
नेता खनालले गोरखापत्र संवादका लागि आइतबार भन्नुभयो, “लिम्पियाधुरा नै नेपाली भूमिको सिमाना हो भन्नेमा कुनै विवादै हुन सक्दैन । त्यसका थुप्रै प्रमाण छन् । ” उहाँले सीमा नदीका विषयमा विवाद देखिए ‘हाइड्रोलोजी’ (जलवायु विज्ञान) अध्ययनमार्फत किनारा लगाउन सकिने बताउनुभयो ।
उहाँले ढिलो भए पनि कालापानीको विषय महŒवपूर्ण ढङ्गले उठेको चर्चा गर्दै राष्ट्र एकताबद्ध र एकढिक्का भएर नेपाली भूमि फिर्ता ल्याउन पहल गरिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग बलिया प्रमाणहरू छन् । मुलुकले अब पहलकदमी गरेर समस्या समाधान गर्नुपर्छ । ”
नेता खनालले कालापानी समस्या समाधानका लागि पहिलो चरणमा सरकारले ‘पोजिसन पेपर’ तयार पार्नुपर्नेसमेत बताउनुभयो । उहाँले छिमेकी देशहरूसँग नेपालको सीमा विवादमा समाधान खोज्ने यो उपयुक्त समय भएको भन्दै सिमानालाई अन्तर्राष्ट्रिय अभिसन्धि र कानुनअनुसार व्यवस्थित बनाइनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “दसगजा भनेको ‘नो मेन्सल्यान्ड’ हो । कसैले दुरुपयोग गर्न पाउँदैन । तर हाम्रा कैयौँ ठाउँमा दसगजामा समस्या देखिएका छन् । त्यसलाई वैज्ञानिक ढङ्गले व्यवस्थापन गर्नुपर्ने छ । ”  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?