logo
२०८१ मंसिर ११ मंगलवार



मन्त्रिपरिषद् हेरफेरको तयारी

मुख्य समाचार |


मन्त्रिपरिषद् हेरफेरको तयारी


गोरखापत्र समाचारदाता

काठमाडौँ, मङ्सिर ४ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मङ्गलबार साँझ बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले तत्कालै मन्त्रिपरिषद् हेरफेर हुने स्पष्ट सङ्केत गर्नुभएको हो ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रधानमन्त्री ओलीले बैठकमा राख्नुभएको धारणा उद्धृत गर्दै भन्नुभयो, “नयाँ कदम सोचिरहेको छु, त्यसका लागि मानसिक रूपमा तयार रहन सबैमा आग्रह गर्दछु ।”
एक हप्तादेखि मन्त्रिपरिषद् हेरफेरको समाचार आइरहेको सन्दर्भमा प्रधानमन्त्री ओलीको ‘नयाँ कदम’लाई मन्त्रिपरिषद् हेरफेरको सङ्केतका रूपमा बुझिएको छ । मन्त्रिपरिषद्मा हेरफेरको विषयलाई लिएर दुई अध्यक्षबीच पटकपटक संवाद र छलफल भइरहेको छ । सोही विषयलाई लिएर बुधबार बिहान सचिवालय बैठक डाकिएको जनाइएको छ । सचिवालय बैठकपछि मन्त्रिपरिषद् हेरफेर हुनसक्ने प्रवल सम्भावना रहेको स्रोतले जनाएको छ ।
 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?