गाेरखापत्र अनलाइन
काठमाडौं, मङ्सिर १० गते । एपेन्डिसाइटिसको सल्यक्रिया पछि प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार भएको र अहिले उहाँले कुराकानी गर्न थाल्नु भएको छ ।
प्रधानमान्त्री ओलीलाई अहिले त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर थोरासिस सेन्टरको आईसीयूमा राखी उपचार भईरहेको उहाँको उपचारमा संलग्न डा.अरुण सायमिले बताउनुभयो ।
उहाँले प्रधानमन्त्रीको स्वास्थ्य सुधार हुँदै गएको र उहाँ कुराकानी गर्न थाल्नु भएको बताउनुभयो । उहाँलाई कतिदिन अस्पताल राख्नु पर्ला भन्ने विषयमा अहिले भन्न नसकिने बताउनुभयो ।
यसै बीच आज बेलुका ७.३० बजे सो केन्द्रले एक विज्ञप्ति जारी गरी शल्यक्रिया सम्पन्न भएको र प्रधानमन्त्रीको स्वास्थ्य स्थिर रहेको जनाएको छ ।
प्रधानमन्त्री ओलीलाई पेटमा केही असजिलो भए पछि आज विहान उक्त अस्पतालमा नियमिति जाँच गराउनु पुग्नु भएको थियो । चिकित्सकले उहाँलाई एपेन्डिसाइटिस भएको पत्ता लगाए पछि आजै दिउँसो उहाँका शल्य क्रिया गरिएको थियो ।