logo
२०८१ मंसिर ११ मंगलवार



प्रमकाे स्वास्थ्यमा उल्लेख्य सुधार केही दिनमा डिस्चार्ज गरिने

मुख्य समाचार |


प्रमकाे स्वास्थ्यमा उल्लेख्य सुधार केही दिनमा डिस्चार्ज गरिने


सरोज ढुङ्गेल
काठमाडौ, मङ्सिर १७ गते । एपेन्डिसाइटिसको शल्यक्रिया पछि मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै केहीदिन भित्रै डिस्चार्ज गरिने बताइएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीकी निजी चिकित्सक डा. दिव्यासिंह शाहले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था दैनिक राम्रो हुदै गइरहेको भन्दै केही दिनभित्र डिस्चार्ज गरिने जानकारी दिनुभयो । .डा.शाहले प्रधानमन्त्रीको अवस्था सामान्य हुदै गएकोले सोमबार आफ्नो स्वास्थ्यबारे भिडियो सार्वजनिक गर्नुभएको बताउनुभयो ।
यसअघि अस्पतालले विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री ओलीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको जानकारी दिएको थियो । प्रधानमन्त्री ओलीलाई गत १० मंसिरमा एपेन्डिसाइटिसको शल्यक्रिया पछि सघन उपचारको सम्पूर्ण व्यवस्था सहित चिकित्सकको निगरानीमा राखेर उपचार भइरहेको छ ।
प्रधानमन्त्री ओलीको उपचारमा संयोजन गरीरहनुभएका प्रा.डा. अरुण सायमीले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भइरहेकोले केही दिनभित्र डिस्चार्ज गर्ने बताउनुभयो । उहाँले डिस्चार्ज गर्ने दिन नतोके पनि प्रधानमन्त्री पूर्ण स्वस्थ भइसकेकोले छिटै डिस्चार्ज गरिने बताउनुभयो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार आइरहेकोले केही दिन भित्रमा डिस्चार्ज गर्ने तयारी भइरहेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?