logo
२०८१ मंसिर ११ मंगलवार



राष्ट्रपतिद्वारा पुस ४ गते संसद्का दुवै सदनको अधिवेशन आह्वान   

मुख्य समाचार |


राष्ट्रपतिद्वारा पुस ४ गते संसद्का दुवै सदनको अधिवेशन आह्वान   


 
    काठमाडौँ, मङ्सिर २४  गते । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको हिउँदे अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपतिले आगामी पुस ४ गते शुक्रबार अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँवानेश्वर काठमाडौँमा अधिवेशन आह्वान गर्नुभएको हो ।    
    
नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रपतिबाट संसद्को दुवै सदनको अधिवेशन आह्वान भएको राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यो अधिवेशनलाई विधेयक अधिवेशनका रूपमा समेत लिइन्छ । अधिवेशनले रिक्त सभामुखको समेत चयन गर्नेछ ।    

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?